विश्वकै प्रभावशाली कोच कार्कीद्वारा rarakhabar.com को उदघाटन

सुर्खेत, १६ फागुन ।
सुर्खेतबाट संचालन हुदै आएको rarakhabar.com को आइतवारदेखि औपचारिक रुपमा उदघाटन भएको छ ।
विश्वकै प्रभावशाली कोच नरबहादुर कार्कीले राराखवर डटकम औपचारिक रुपमा संचालन भएको घोषणा गर्नु भएको हो ।
सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको वाल विवाह मुक्त महाअभियान उदघाटन कार्यक्रममा कार्कीले I Am The Nation  मुलमन्त्र भएको अनलाईन पत्रिका राराखवर डटकम औपचारिक रुपमा संचालनमा आएको घोषणा गर्नु भएको हो ।
अनलाईन पत्रिकाको उदघाटन गदै कोच कार्कीले समाचारको माध्यमबाट समाजमा सराकात्मक सन्देश दिएर रुपान्तरणको अभिायनलाई अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।प्रस्तावित रारामिडिया ग्रुपले अनलाईन संचालन गरेको हो ।यदि तपाईहरुसगँ कुनै लेख, रचना, समाचारहरु छन भने [email protected] पठाउन सक्नु हुन्छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया