सुर्खेतमा अत्याधुनिक रेर्कडिङ स्टुडियो

सुर्खेत, १६ फागुन ।
सुर्खेतमा पहिलो पटक अत्याधुनिक प्रविधियुक्त गीत रेर्कडिङ स्टुडियो संचालन भएको छ ।
मध्यपश्चिम क्षेत्रको मौलिक कला र संस्कृतिलाई बजारमा ल्याउनको लागि सेमभेक डिजिटल रेर्कडिङ स्टुडियो संचालनमा ल्याएको सञ्चालक बिनोद खनालले बताउनु भयो ।
स्टुडियो संचालनपछि अव स्तरीय गीत रेर्कड र भिडियो छायाङ्कन गर्न काठमाडौ जानु नपर्ने पनि उहाँले बताउनु भयो ।
३७ लाख रुपैयाको लागतमा निर्माण भएको स्टुडियोको आईतबार बरिष्ठ कलाकार पे्रमदेब गिरी, भीमबहादुर कार्की, बुलु मुकारुङ, दृष्टी बिहीन कलाकार मैते नेपालीले संयुक्त रुपमा उद्घाटन गर्नु भएको छ ।
उदघाटन कार्यक्रममा बरिष्ठ कलाकार प्रेमदेब गिरीले स्टुडियोले यस क्षेत्रका कलाकारहरुमा नयाँ उर्जा थपिएको बताउनु भयो ।
यस्तै तबला बादक मैते नेपाली, बरिष्ठ लोक गायक भीमबहादुर कार्की, कलाकार बुलु मुकारुङ लगायतले कला र संगित बिनाको जिवन अधुरो रहने भन्र्दै पश्चिम क्षेत्रका गितहरु बजारमा ल्याउन रेर्कडीङ स्टुडियोले सहयोग गर्ने विश्वसा व्यक्त गर्नुभयो ।
स्टुडियोका निर्देशक खगेन्द्र न्यौपानेले अव गीत रेर्कड गर्न र भिडियो छायाङकन गर्न काठमाडौ जानु पर्ने अवस्थाको अन्त्य भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा कलाकारहरु दिनेश गौतम, गणेशभक्त गौतम, नरेन्द्र राना, सारङगी बाधक तिलक गन्र्दभ, गीयक रमेश सेन्चुरी, शेरबहादुर आचार्य गाइने लगायतको सहभागीता थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया