भागबन्डा मिलेपछि मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले यही वैशाख १३ गते बिहीबार विश्वासको मत लिनको लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन  ।

माओवादी केन्द्रले चार मन्त्रालय प्राप्त गरेपश्चात् सरकार विस्तार हुने वातावरण बनेपछि मुख्यमन्त्री कँडेलले विश्वासको मत लिने मिति तय भएको हाे ।

माओवादीलाई आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय दिने सहमति भएको छ ।

नेकपा एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय,आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि,व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय लिने सहमति  भएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया