मकै पकेट क्षेत्र बनाउन नलगाड वडा नम्बर ४ ले दियो किसानलाई मकैको बीउ

विष्णु रावल – जाजरकोट
जाजरकोटको नलगाड नगरपालिका ४ ले मानचौर र कोठीगाउँ टोलका किसानलाई मकैको बीउ दिएको छ । ४३ घर परिवारलाई देउती जातको मकै बीउ दिइएको वडाध्यक्ष बद्री पन्तले बताए ।
वडाको आर्थिक र कृषि शाखाको प्राविधिक सहयोगमा बीउ वितरण गरिएको हो । मानचौर र कोटीगाउँ टोललाई मकै पकेट क्षेत्र बनाउने वडाको लक्ष्य रहेको पनि वडाध्यक्ष पन्तले उल्लेख गरे ।
मकै रोप्ने बेला मकैको विरुवा भएपछि आफुहरु निकै खुशी भएको स्थानीय दरीमान रावलले बताए । उनले वडाबासीलाई विशेष ध्यान दिएर बीउ दिएकोमा वडा सरकारप्रति उनले खुशी व्यक्त गरे ।




फेसबुकबाट तपाईको प्रतिक्रिया