भूकम्प प्रतिरोधी भवन निर्माणका लागि डकर्मीहरुलाई तालिम

दिपेन्द्र शर्मा – सुर्खेत

रुकुम पश्चिमको आठवीसकोट नगरपालिकामा भूकम्प प्रतिरोधी भवन निर्माणका लागि डकर्मीहरुलाई तालिम दिन थालिएको छ । 

भूकम्पपछिको पुनर्निर्माणको क्रममा निर्माण हुने भौतिक पूर्वाधारलाई भुकम्प प्रतिरोधात्मक बनाउनको लागि आवस्यक सीप प्रदान गर्नको लागि तालिम दिन थालिएको नगर  प्रमुख रवि केसीले बताए ।

उनले  पुनर्निर्माण अभियानमा साथ र सहयोग गर्न विभिन्न निकायहरुलाई अनुरोध समेत गरेका छन ।

परियोजनाका टिम लिडर दिनेश पाण्डेका अनुसार भूकम्पपछिको आवास पुनर्निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्ने मुख्य उद्धेश्यका साथ तालिम सञ्चालन गरिएको हो ।

ढुङ्गा, इँटाको गाह्रो कसरी लगाउने, घरमा डन्डी कसरी राख्ने, झ्याल ढोका कसरी हाल्ने, क्रङ्किटको घर कसरी निर्माण गर्ने भन्नेबारेमा डकर्मीलाई तालिम दिइने छ ।

आठविसकोट नगरपालिकाको वडा नम्वर ११, १२, १३ र १४ का डकर्मीहरुको सहभागिता रहेको छ ।    एक वडाबाट दश जना डकर्मीहरुको तालिममा सहभागि छन ।

जाजरकोट र रुकुम पश्चिम दुई सय डकर्मीहरुलाई तालिम दिने टिम लिडर पाण्डेले जानकारी दिए ।   भूकम्पबाट प्रभावित पालिकाका एक विद्यालय र स्वास्थ्य चौकी निर्माण समेत गरिने जनाईएको छ ।

५० दिने (तह १) यो तालिम हेल्भेटास नेपालले स्वीस सरकारले सहयोगमा सीप तथा पुर्ननिर्माण परियोजना अन्तर्गत सञ्चालित  तालिम कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको समन्वय र ट्रेस नेपालको सहजिकरणमा सञ्चालन भएको हो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया