भक्तजनबाट समाजले धेरै असल र राम्रा काम सिक्न सक्छ- पत्रकार प्रकाश पन्त

विष्णु रावल- जाजरकोट

अभियन्ता प्रकाश पन्तले सत्कर्मले मात्र मानिसलाई अनुशासित, इमानदार र कर्मयोगी बनाउन सक्ने  बताएका छन् ।

दुर्ग भगवती मन्दिर व्यवस्थापन समिति दल्लीले गरेको भक्तजनहरुसँगको भेटमा उनले भने, माया, ममता र अरुको सम्मानले मात्र समाजबाट नकारात्मक भवना अन्त्य गर्न सकिन्छ ।

सचारमा अलग अलग धर्म मान्ने मानिसहरु रहेको उल्लेख गर्दै उनले भेटाउने बाटोहरु फरक फरक भएपनि भगवान भने एउटै रहेको बताए ।

 

कोही हिन्दु, कोही इसाई, कोही बैद्ध, कोही इस्लाम जुन सुकै  धर्म मान्ने मानिसहरु भएपनि उनीहरु वीचमा धार्मिक सहिष्णुता र सहयोगी भाव हुनु पर्नेमा उनले जोड दिए ।

अरुलाई अप्ठ्यारो पर्दा सेवा गर्नु नै सच्चा धर्म रहेको भन्दै उनले सत्कर्म र सतभावनाले मात्र भगवानलाई भेटाउन सकिने कुराहरु धार्मिक शास्त्रहरुमा उल्लेख गरिएको बताए ।

हाम्रो समाज धार्मिक विविधताको फुलबारी हो । समाजको भलाई र हितको लागि हामीले काम गर्नु पर्छ । समाजका मार्गदर्शक भएको हुनाले भक्तजनहरुबाट समाजले धेरै असल र राम्रा कामहरु सिक्न सक्छन बीबीसीमा कार्यरत पत्रकार पन्तले भने ।

कार्यक्रममा नलगाड नगरपालिका -७ का वडाध्यक्ष कृष्णबहादुर गिरी, समाजसेवी जयबहादुर शाही, हस्तबहादुर विक, सुनिल शाही, मिलन सिंह, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंह, गणेश सिंह, विष्णु सिंहलगायतले दुर्गा भगवति मन्दिरलाई थप व्यवस्थित र आकर्षक बनाउनु पर्नेमा जोड दिएका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया