अतिक्रमणको चपेटामा परेको नलगाड ४ को वन क्षेत्र खाली गरियो

जाजरकोट
जाजरकोट नलगाड ४ लहँबाट अतिक्रमणमा परेका वन क्षेत्र खाली गरिएको छ । प्यारघारा, फुलचाउली, रन्नेखाली, भातचिउरालगायतका क्षेत्रको अतिक्रमण हटाइएको छ ।
सामुदायिक वन क्षेत्र अतिक्रमणको चमेटामा पर्न थालेपछि अतिक्रमण गरेर वनाएको जग्गा जमिन र पथाराहरु खाली गरिएको छ । झण्डै पाँच रोपनी वन क्षेत्रका लालिगुराँस, काफल, अयार, डिमर,बाँजलगाएत बोटविरुवा र रुखमा क्षेति पुगेको थियो ।


नलगाड नगरपालिकाका निवर्तमान मेयर टेकबहादुर रावल र वडाध्यक्ष बद्री पन्तको रोहवरमा अतिक्रमण गर्ने १५ जनालाई फेरि अतिक्रमण नगर्ने शर्तमा कागज गरेर छाडिएको सव डिभिजन वन कार्यालय दल्लीका प्रमुख रक्षा लामिछानले बताइन ।


वन अतिक्रमण हटाउन रेञ्जर भिम शाही, वन रक्षक जगत विक, गणेश कार्की, ईलाका प्रहरी कार्यालयका प्रमुख अर्जुन साउदसहितका वन कर्मचारी र प्रहरीका साथै २ सय स्थानीयहरुको सहभागीता थियो ।
जाजरकोट जिल्लामा पहिलो पटक नलगाड ४ मा सहजै अतिक्रमण हटाउने काम भएको सव डिभिजन प्रमुख लामिछानेले बताइन् ।


निवर्तमान मेयर टेकबहादुर रावलले आउदो पुस्ताको लागि पनि वन जोगाइ राख्नु पर्ने बताए । वन क्षेत्र नष्ट भए मानविय जीवन पनि संकटमा पर्छ, उनले भने, त्यसैले वन संरक्षण गर्नु सबैको दायित्व हुन्छ ।


यस्तै वडाध्यक्ष बद्री पन्तले वन संरक्षण गर्ने दायित्व वडाबासीको भएको बताए । तपाईहरु संरक्षणको लागि अघि बढ्नु वडा सरकारले सक्दो सहयोग गर्छ, उनले भने, बन संरक्षण गर्ने दायित्वलाई पुरा गरेरै छाड्छु ।


सडक खन्दा र वन क्षेत्र अतिक्रमण हुँदा बर्षेभल गाउँ परेर मध्य गाउँनै चिरा पार्न थालेको थियो । अतिक्रमण हटेपछि वनको पनि संरक्ष्ण हुने र गाउँमा पनि भल नपस्ने गाउँलेहरु बताउँछन् ।
अतिक्रमणमा परेको वन क्षेत्र खाली गरिएपछि लहँबासी खुशी भएका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया