जाजरकोट
जाजरकोट नलगाड नगरपालिका वडा नम्वर ४ मा विद्युतको केन्द्रीय प्रसारण लाईन बिस्तारको काम तिव्र गतिमा भैइरहेको छ । माझगाउँ, खालचौर, मान्चौर, कोठिगाँउ, पाटा, भाच्चिउरा, सिमा, औलमा बत्ती बिस्तार गर्ने काम भई रहेको वडाध्यक्ष बद्री पन्तले बताए ।
घुवार र पिपलचौरमा बत्ति बलिसकेको छ भने बाउसे खोलामा मिटर बक्स जोडेका घरले पनि बत्ति बलिरहेका छन् । अहिले बत्ति बाल्नको लागि फारम भर्ने र रकम संकलन गर्ने काम भैरहेको र मिटर बक्स आउन वित्तिकै वत्ति जडान गरिने उनले बताए ।
वडाबासीको सुविधाको लागि प्रत्येक घर र टोलटोलमा गएर फारम भर्ने र मिटर वक्सको लागि रुकम संकलन गर्ने गरिएको छ । दशै तिहारसम्म गाउँमा बिजुली बत्ति बाल्ने लक्ष्यसहित आफु लागि परेको पनि वडाध्यक्ष पन्तले बताए ।
जतिसक्यो चाडो बत्ति बाल्ने गरी काम भैइरहेको छ, उनले भने, बरु फारम भर्ने र मिटर वक्सको लागि रकम संकलन गरि दिनु होला । केन्द्रीय प्रसारण लाईन विस्तारको लागि काम भैइरहेकोले नआतिन पनि वडाबासीलाई वडाध्यक्ष पन्तले आग्रह गरेका छन् ।
स्थानीय विष्णु रावल दशै तिहारसम्म गाउँ नै झिलिमिली हुने आशा राखेको बताउँछन् ।
राराखबर । २०७९, १५ श्रावण आईतवार