सुर्खेत, १ असोज ।
सुर्खेतबाट प्रकाशित हुदै आएका काँक्रेविहार दैनिक र सुर्खेतपत्र दैनिक पत्रिकाले शनिवार आ–आफ्नो बार्षिकोत्सव मनाएका छन् ।
काँक्रेविहार दैनिकले १६ औं र सुर्खेतपत्र दैनिकले छैठौं बार्षिकोत्सव मनाएका हुन् ।
काँक्रेविहार दैनिकको १६ औ बार्षिकोत्सवमा पत्रिकाका प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतमले आधुनिक प्रविधिको विकाससगै छापा संचार माध्यममा चुनौति थपिएको बताउनु भयो ।
उहाँले प्रविधिको विकास सगसगै छापा संचार माध्यमलाई कसरी अघि वढाउने भन्नेमा संचारकर्मीले अब सोच्नु पर्ने बेला आएको उल्लेख गनुृभयो ।
यस्तै नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले सुर्खेतको पत्रकारिताको विकासमा काँक्रेविहार पत्रिकाको महत्वपूर्ण योगदान रहेको बताउनु भयो ।
कार्यक्रममा पत्रिकाका सम्पादक सुशील शर्माले पत्रिकाको स्तर बृद्धिका लागि पत्रिकाको टिम निरन्तर लागिरहेको जानकारी दिनुभयो ।
यसैवीच सुर्खेत पत्र दैनिक पत्रिका २०६८ साल असोज १ गतेदेखि प्रकाशन आरम्भ भएको थियो ।
पत्रिकाको छौठौ बार्षिकोत्सवको अवसरमा नेपाल प्रेस युनियन सुर्खेतका अध्यक्ष नरेशसिंह थापा र सचिव गणेश कार्कीले शुभकामना दिदैं पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको छ ।
पत्रिकाका सम्पादक ललित बसेलले पत्रिकालाई अझ पठनीय बनाउन क्रियाशील रहने प्रतिवद्धता जनाउनु भयो ।
राराखबर । २०७३, १ आश्विन शनिबार