प्रदेश नं ६ काे समृद्धिकाे अाधार नै पर्यटन

सुर्खेत, १ असोज ।
नेकपा एमाले केन्द्रीय पर्यटन विभाग प्रमुख सुर्य थापाले प्रदेश नंम्बर ६ पर्यटनका दृष्टिकोणले अन्य प्रदेश भन्दा निकै धनी भएको वताएका छन ।
उनले यस प्रदेशमा रहेका पर्यटकिय स्थलहरुको प्रबद्धन गर्न सके प्रदेशले आर्थिक समृद्धिमा छिटै फड्को मार्ने उल्लेख गरे ।
सुर्खेतमा भएको प्रदेश नंम्बर ६ को पर्यटन विकास र यसका सम्भावना विषयक कार्यक्रममा थापाले यस प्रदेशको पर्यटनले प्रदेशलाई मात्रै नभई दशेकै आर्थिक समृद्धिमा सहयोग पु¥याउने दाबी समेत गरेका छन ।
कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कोईरालाले प्रदेश ६ को पर्यटन विकास सम्वन्धी कार्यपत्र प्रस्तुत गर्दै यस क्षेत्रलाई आर्थिक, सामाजिक, साँस्कृतिक रुपमा मात्रै नभई शैक्षिक रुपमा पनि पर्यटनको गन्तव्यको रुपमा विकास गर्न सकिने उल्लेख गरेका छन ।
rara-lake-picउनले पर्यटकीय क्षेत्रमा पर्यटकका लागि आबश्यकता अनुसार होम स्टेको व्यवस्था गर्नुपर्ने सुझाव समेत दिएका छन ।
कोईरालाको कार्यपत्र माथि काँग्रेसका कोषाध्यक्ष अनन्दप्रसाद पौडेल, एमाले अध्यक्ष ध्रुबकुमार शाही, महिला नेतृ मोहनमाया ढकाल लगायतले पर्यटकिय स्थलको पहिचान गरी त्यही अनुसारको रणनीति बनाएर अघि वढनु पर्ने बताएका छन ।
कार्यशालामा अन्य सहभागीहरुले भने यस प्रदेशको पर्यटन सम्वन्धी प्याकेजमा गुरुयोजना निर्माण गर्नुपर्नेमा जोड दिएका छन ।
बर्दियादेखि सुर्खेत हुँदै कर्णालीको रारासम्मको अध्ययनका लागि पूर्व राज्यमन्त्री बलबहादुर महतसहितको टोली रहेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया