सुर्खेत -कर्णाली प्रदेश सरकारमा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका छन् ।
हुम्ला प्रदेश सभा क बाट निर्वाचित सांसद परियारलाई मुख्यमन्त्री यामलाल कँडेलले बुधबार दिउँसो विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्री परियारलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
माओवादी संसदीय दलको बैठकले परियारलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको ससदिय दलका नेता राजकुमार शर्माले बताए ।
उनले भने, हाम्रो पार्टीले पिछडिएको वर्ग र समुदायलाई सधैँ उच्च प्राथमिकता दिदै आएकोले विगतमा झै यसपाली पनि माओवादीले दलित समुदायको व्यक्तिलाई मन्त्रीमा पठाएको छ ।
चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले भाेली विस्वासको मत लिन वितिकै सरकारलाई पुर्णता दिने छन् । माओवादीले ४ र एमालेले मुख्यमन्त्रीसहित ४ वटा मन्त्रालय लिने सहमति भएको छ ।
मुख्यमन्त्री कँडेलले भोली बिहीबार संसद्बाट विश्वासको मत लिने तयारी गरेका छन् ।
राराखबर । २०८१, १२ बैशाख बुधबार