जाजरकोटमा प्रणव सिंह स्मृति र नर्बदा देवी स्मृति पत्रकारीता पुरस्कार स्थापना

टुकमाया घर्ती
जाजरकोट
जाजरकोटमा स्वर्गीय प्रणव सिंहको नाममा पुरस्कार स्थापना गरिएको छ ।
शुसासनमा कलम चलाउने पत्रकारलाई प्रत्येक बर्ष १० हजार पुरस्कार राशीको प्रणव सिंह स्मृति पुरस्कार प्रदान गरिएका उनका वुवा भिम बहादुर सिहंले बताए ।
यस्तै १० हजार पुरस्कार राशी भएको नर्बदा देवी स्मृति पुरस्कार पनि स्थापना गरिएको छ ।
प्रिाकृतिक प्रकोप व्यवस्थापनमा अहोरात्र खटिने, जिल्लाको सम्रग क्षेत्रमा शुसासन कायम गराउन खबरदारी गर्ने, गुणस्तरिय पुर्वाधार निर्माणका पक्षमा कलम चलानउे र आवाज उठाउने पत्रकारलाई पुरस्कार उपलब्ध गराउने छोरा कमान खड्काले बताए ।
नेपाल पत्रकार महासंघ जाजरकोट १२ औ साधारण सभा तथा सातौ अधिवेशनको अवसर पारेर प्रणव सिंह स्मृति र नर्बदा देवी स्मृति पुरकार कोष स्थापना गरएको हो ।

जल्लामा प्रत्येक बर्ष उत्कृष्ट काम गर्ने एक जनालाई पत्रकारलाई अहिले ८ हजार पुरस्कार राशीको लोकेन्द्र शाह पुस्कार प्रदान गरिदै आएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया