चुडिएको मुख्य रक्त नलीको सुर्खेतमै सफल शल्यक्रिया

चुडिएको मुख्य रक्त नलीको शल्यक्रिया गर्ने डाक्टर रुपक कँडेल ।

सुर्खेत, १६ असार ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दुई जना विरामीको हातको चुडिएको मुख्य रक्त नलीको शल्यक्रिया गरी जोडिएको छ ।
सुर्खेतको बीरेन्द्रनगरमा रहेको सुर्खेत अस्पतालले आरा चलाउँदा देव्रे हातको मुख्य रक्तनली चुडिएका बीरेन्द्रनगर –४, भैरवस्थानका विनोद बस्याल र बोका काट्दा देव्रे हातकै मुख्य रक्त नली चुडिएका बीरेन्द्रनगर –५, चिसापानीका युवक शाहीको हातको मुख्य रक्त नली जोडेको हो । दुवै जनाको चुडिएको मुख्य रक्त नलीको तत्कालै शल्यक्रिया गरेर जोडन सफल भएको क्षेत्रीय अस्पताल सुर्खेतमा कार्यरत हाडजोर्नी विशेषज्ञ डाक्टर रुपक कँडेलले बताउँनु भयो ।
मुख्य रक्त नली नै चुडिएको हुँदा ढिलो गर्दा धेरै रगत बगेर विरामीको ज्यान पनि जान सक्ने अवस्थालाई ध्यानमा राखेर जोखिम मोलेरै अप्रेसन गरिएको उहाँले बताउँनुभयो । यदि विरामीलाई बाहिर पठाउनु पर्ने अवस्था आएको भए एकातिर धेरै रगत बगेर मृत्यु पनि हुन सक्थ्यो भने अर्कोतिर काटिएको देखि तलको भाग पुरै मर्न सक्थ्यो, डाक्टर कँडेलले भन्नुभयो त्यसैले विरामीको ज्यान बचाउन जोखिम मोलेरै अप्रेसन गरियो ।
एकदमै जटिल मानिने चुडिएको अंग पुनः जोडन गरिने शल्यक्रिया सुर्खेतमा पहिलो पटक गरिएको हो । यसभन्दा अगाडी यस्ता समस्या भएका विरामीहरु नेपालगंज, लखनउ र काठमाडौमा रिर्फर गर्नुपथ्र्यो । सुर्खेतमै सफल शल्यक्रिया हुने भएपछि कर्णाली प्रदेशका निम्न आयस्तर भएका विरामीलाई निकै सजिलो हुनेछ ।
यदि यही अप्रेसन बाहिर गर्नु परेको भए ४÷५ लाख रुपैया खर्च हुन्यो तर सुर्खेतमै हुँदा २५ हजार मात्रै खर्च लाग्यो विनोद र युवकले भन्नुभयो, सुर्खेतमै सफल उपचार भएकोले नयाँ जीवन पायौ । हामी एकदमै हर्षित छौ, हाम्रो लागि डाक्टर रुपक भगवान बनेर आउनु भयो । सायद सुर्खेतमा उपचार नभएको भए धेरै दुख पाइन्थ्यो होला ?
यता डाक्टर कँडेलले भने यस्ता समस्या लिएर आउने आथिक रुपमा विपन्न विरामीको सुर्खेतमै उपचार गर्नको लागि हरसम्भव प्रयास गरिने उल्लेख गर्नुभयो । उहाँले अहिलेको सफल अप्रेसनबाट थप प्रेरणा मिलेको पनि बताउनु भयो । उहाँले यस्ता खालका जटिल समस्याको उपचार गर्नको लागि आवश्यक उपकरणको व्यवस्था गर्नु पर्नेमा जोड दिनुभयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया