टुकमाया घर्ती – जाजरकोट
पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटको २८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साेमबार जिल्ला सदरमुकाम खलंगामा भएको २८ औं बार्षिक साधारण सभाले चार जना उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ ।
सम्मानित हुने उत्कृष्ट कर्मचारीमा वीरेन्द्र कुमार थारु, कुँवेर केसी, उर्मिला चौधरी र जीवन खत्री रहेका छन् ।
उनीहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो । पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटका अध्यक्ष छवी पन्तको अध्यक्षतामा भएको बार्षिक साधारण सभामा सचिव रामचन्द्र ज्योतिले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष पदमा रोकायले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाले जिल्लामा रहेका विपन्न बालबालिकाहरुलाई मध्यनजर गरी छात्रवृत्रि कोष स्थापना गर्ने कार्यविधी पारित भएको अध्यक्ष पन्तले बताए ।
उनले बालबालिकाहरुलाई शैक्षिक सामग्री पदान गर्न कोष स्थापना गर्न लागिएको बताए ।

कार्यक्रम निर्देशक टेक बहादुर सुनारले संस्थागत प्रस्तुति प्रस्तुत गरेका थिए ।
कार्यक्रम संयोजक पुष्पराज खतिवडा संचालकका रुपमा थिए। साधारण सभामा निमित्त प्रमुख जिल्ला अधिकारी समिर गौतम, जिल्ला समन्वय समितिका सदस्य खडक बिसी, नेपाल पत्रकार महासंघ जाजरकोट अध्यक्ष सुरेन्द्र बहादुर सिंह, निवर्तमान अध्यक्ष बालकुमार शर्मा, संस्थापक सदस्य राजेन्द्र कार्की, जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसी, पत्रकार रेशम खड्का, दिप बहादुर घर्तीले सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
राराखबर । २०८१, ३० मंसिर आईतवार