कुशेका आठ सय बालबालिकालाई न्यानो कपडा वितरण

बद्री पन्त
जाजरकोट
जाजरकोटमा आठ सय बालवालिकाहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरिएको छ ।
कुशे गाउँपालिका दुई सय ८१ र छेडागाड नगरपालिकाका ५ सय ५० विपन्न तथा सिमान्तकृत बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरिएको छेडागाड नगरपालिका नगर प्रमुख लालबहादुर महताराले बताउनु भयो ।
चिसो मौषममा विपन्न परिवारका विद्यालय छाडने बालबालिकाहरुको दर बढिरहेको अवस्थामा न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरेको नगरप्रमुख महताराले बताउनु भयो ।


गरिबी र विपन्नताले बिद्यालय छोड्नुपर्ने अबस्थामा रहेका बालबालिकाहरुलाई सहयात्रा परियोजनाले झोला, कापी, कलम, सट–पाईन्ट, स्वीटर, जुत्ता, कलर पेन्सिल, ज्यामिती लगाएतका न्यानो कपडा र शैक्षिक सामाग्री बितरण गरिएको हो ।
सेभ द चिल्ड्रेनसंगको सहकार्यमा पहाडी क्षेत्र विकास अभियान र नगर र गाउँपालिकाको समन्वयमा बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण गरेको कुशे गाउँपालिकाका अध्यक्ष हरीचन्द्र बस्नेतले बताउनु भएको छ ।
उक्त सामाग्री बितरणले बालबालिकाहरुलाई विद्यालयमा नियमित हुन सजिलो हुने अध्यक्ष बस्नेतको भनाई छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया