जाजरकोटमा चिसो बड्यो

बद्री पन्त
जाजरकोट
पहाडि जिल्ला जाजरकोटमा केहिदिन यता चिसो बढेको छ । चिसो बढेपछि साना बालबालिका तथा वृद्धवृद्धाहरु बढी समस्यामा परेका छन् ।
चिसो बढेपछि घरमा साँझ बिहानको काम गर्न निकै कठिन भएको बारेकोटका स्थानीय भीमबहादुर सिंहले बताउनु भयो । अत्यधिक चिसो बढेपछि वृद्धवृद्धा तथा बालबालिकालाई चिसोले बढी समस्या भएको सिंहको भनाइ छ ।
चिसोका कारण जिल्लाको उच्च क्षेत्रका बासीन्दा बढी प्रभावित भएका छन् । स्थानीयले घरघरमा आगो बालेर ताप्ने र बस्ने गरेका छन् ।
चिसोले गर्दा दैनिक कामकाज गर्न धेरै समस्या भएको स्थानीयले बताएका छन् । गत भदौ देखि पानी परेको छैन, पानी नपरेपछि चिसो एकाएक बढ्दै गएको हो ।
चिसोको कारण स्वास्थ्य संथाहरुमा बिरामीको चाप बढ्दै गएको जाजरकोट अस्पताल जाजरकोटका मेडिकल अधिकृत डाक्टर अमीन शाहले बताउनु भयो ।
चिसो धेरै बढेको छ यसले गर्दा निमोनिया, दम तथा फोक्सोमा संक्रमण बढ्ने भएको बिरामीले न्यानो कपडा लगाउने तातो खानेकुरा गरेमा चिसोबाट बच्न सकिने भएको हुदा सबैले आफ्नो स्वास्थ्यको ख्यान गर्न शाहले भन्नु भयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया