डिभिजन वन कार्यालय, जाजरकोटको अपिल

 वन क्षेत्रमाअतिक्रमण हुननदिन सबैले ऐक्यबद्धता जाहेर गरौं ।
 अवैध तरिकाले वन क्षेत्रमा अतिक्रमण तथावन पैदावार चोरी निकासी  भएको जानकारी समयमै डिभिजन वनकार्यालय, सव डिभिजन वनकार्यालय, जिल्लाप्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायत सरोवारवाला निकायलाई सूचित गराऔं ।
 सा.व.उ.स.हरु मार्फत पनिवन अतिक्रमण रोकथाम तथा नियन्त्रण गरीे वन विकास रकमबाट अतिक्रमण हटाईएका क्षेत्रमा वृक्षारोपण गराऔं ।
 विगतकाअतिक्रमित वन क्षेत्र पहिचान तथा एकिन गरी तत्काल सो क्षेत्र खाली गर्न लागाई पुनस्र्थापन गर्न सघाऔं ।
 वन क्षेत्र अतिक्रमण गर्नु हुदैन भन्ने चेतनाको विकास गरौं ।
 वनक्षेत्रमाहुन सक्ने अतिक्रमणलाई समयमै रोकथाम गरौं र गर्न सहयोग गरौं ।
 नेपाल सरकार मन्त्रीपरिषदको निर्णय बिना राष्ट्रिय वन क्षेत्रको भूउपयोग परिवर्तन गर्न, राष्ट्रिय वनको भोगाधिकार कसैलाई उपलब्ध गराउन , धितो, बन्दगी, सट्टापट्टा वाअन्य किसिमले हक हस्तान्तरण गर्न सकिने छैन ।
 राष्ट्रिय वनभित्रको जग्गा कसैले पनि दर्ता गर्न वा गराउनहुँदैन ।
 वन ऐन २०७६ प्रारम्भ हुनु अघि कसैले राष्ट्रिय वनको कुनै भाग गैर कानुनि रुपले दर्ता गराएको रहेछ भने तेस्तो दर्ता समेत स्वतःबदर हुनेछ ।
 रुख भएको कुनै पनीवन क्षेत्र बसोवास वापुनर्बासको लागी प्रयोग गर्न पाईने छैन ।
 राष्ट्रिय वन फाँड्ने वावन क्षेत्रको जग्गा जोत्ने, खन्ने, खनिजकार्य उत्खननगर्ने, आवादगर्ने, सडक तथाअन्यपूर्वाधार निर्माण गर्ने, घर वा छाप्रो बनाउने, व्यवसाय संचालनगर्ने वा बिभिन्न बहानामा वन क्षेत्र अतिक्रमण गरे वा गराएमा वन ऐन २०७६ को दफा ५० बमोजिम उक्त कसुर गर्नेलाई ५ बर्ष सम्म कैद वा एक लाख रुपैँया सम्म जरिवाना वा दुवै सजाय गरी त्यस्तो जग्गा राष्ट्रिय वनमा समावेस गरी सो जग्गामा बनाएको घर वा छाप्रो र प्रयोग भएको मेसिनरी औजार, साधन समेत जफत हुनेछ । त्यस्तो कसुर गर्दा वन पैदावार हटाएको वानोक्सानी गरेको भए निजलाई सो वाफत हुने सजाय समेत हुनेछ भनी कानुनमा स्पष्ट उल्लेख भएकोले त्यस्ता वन जन्य कसुर नगर्न तथा नगराउन सबैलाई सूचति गरीन्छ ।

थप जानकारीको लागी
डिभिजन वन कार्यालय जाजरकोट
फोन नं. ०८९–४३०२७१
ईमेलः[email protected]

वेवः www.dfojajarkot.gov.np




फेसबुकबाट तपाईको प्रतिक्रिया