विश्व बजारमा बिक्न र टिक्न सक्ने

20160714_114141-1

कार्यक्रमको उदेश्यमाथी प्रकाश पादै क्षेत्रीय शिक्षा निर्देशक रामप्रसाद उपाध्याय । साथमा जिल्ला शिक्षा अधिकारी दीपा हमाल र अमरज्योति नमुना उच्चमाविका व्यवस्थापन समितिका अध्यक्ष टीकाराम आचार्य ।

सुर्खेत, ३० असार ।
विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि सम्वन्धी २ दिने कार्यशाला वीरेन्द्रनगरमा सुरु भएको छ ।
क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतले गरेको कार्यक्रममा वाँके, बर्दिया, दाङ्ग, सुर्खेत र दैलेकका विद्यालयका प्रधानाध्यापक, सोतव्यक्ति र व्यवस्थापन समितिका अध्यक्षको सहभागीता रहेको छ ।
कार्यक्रममा ५ वटा जिल्लामा राम्रो गरेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले आ आफनो अनुभव आदान प्रदान गरेका छन ।
कार्यक्रमको उदघाटन गदै क्षेत्रीय शिक्षा निर्देशक रामप्रसाद उपाध्यायले विश्व बजारमा विक्न र टिक्न सक्ने विद्यार्थी उत्पादन गर्नु पर्नेमा जोड दिदै विश्वको आवश्यकता र माग बमोजिमको शिक्षा दिनुपर्नेमा बताउनु भयो ।
यस्तै उप क्षेत्रीय निर्देशक भोजराज शर्माले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका सहभागीले शिक्षकले विद्यार्थीलाई पढनको लागि ५० प्रतिशत प्रेरणा जगाउनु पर्ने र वाकी ५० प्रतिशत पढाउनु पर्ने उल्लेख गरेका छन ।




फेसबुकबाट तपाईको प्रतिक्रिया