ओझेलमा दैलेख

विशाल हिम शिखरको काखमा पल्टिएको दैलेख हिमालरुपी खम्बा हो, प्रकृतिको पुतलि हो । ऐतिहासिक ,पुरातात्त्विक ,सांस्कृतिक र धार्मिक सम्पदाको उद्गम स्थल हो ।  दैलेख आफ्नै पहिचान र अस्तित्वमा बाचेको जिल्ला हो । पानी माथि आगो बल्ने नेपाली भाषाको पहिलो शिलालेख आदिको कारण दैलेख आफैमा पहिचान दिन सफल छ ।

 राजनैतिक रुपमा बाईसे चौविसे राज्यकालमा दुईवटा ठुला राज्य दुल्लु राज्य र सिंजा राज्यको सितकालिन राजधानी र बेलासपुर कायम भई शासन सत्ता सञ्चालन भएको इतिहास जिवित छ । यस्तै प्राचीन देवभुमि ,दोर्णाचार्य जस्ता ऋषि मुनिहरुले तपस्या गरेको  तपोभुमि मृगतृष्णा पूरा गर्ने खालका घना जंगल पनि छन् । यस्तै नेपाली अधिराज्य भरि आजपनि छरिएर रहेका विभिन्न जातजातिहरुको उद्गम स्थल पनि हो । दैलेख जिल्ला नेपालकै ऐतिहासिक क्षेत्रहरू मध्ये प्रमुख पर्यटकीय स्थलहरु मध्ये एक रमणीय स्थल हो ।

दैलेख जिल्ला मध्यपश्चिमाञ्चल विकास क्षेत्र, भेरी अञ्चल र नारायण नगरपालिकामा पर्दछ । यस जिल्लामा कला,संकृति,भाषा र अनवरत रुपमा बल्ने ज्वालाको सुगन्ध लिन सकिन्छ । पूर्वमा जाजरकोट उत्तरमा कालिकोट पश्चिममा अछाम र दक्षिणमा सुर्खेतले यो रमणीय मध्ये पहाडी जिल्लाको उपनामले चिनिन्छ ।

पर्यटकीय रुप दैलेख जिल्ला सम्भावना नै सम्भावना बोकेको जिल्ला हो । प्राकृतिक रुपमा सम्पन्न रहेको यस जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरूमा नारायण नगरपालिका,  दुल्लु,  रानीमत्ता,  नौमुले, बेस्तडा,  कर्णाली नदीको काखमा अवस्थित तल्लो डुङ्गेश्वरबजार, ठाँटीकाट,  रामघाट बजार रहेका छन् । दैलेख जिल्ला विभिन्न मठ, मन्दिर, पर्यटकीय तिर्थस्थल तथा विभिन्न नदीहरूका साथमा रहेका प्राकृतिक मनोरम दृश्यहरू तथा प्राकृतिक श्रोतको व्यापक उपलब्धताले पर्यटकलाई सदावहार चुल्हे निम्तो पठाउँछ।

नाबिस्थान, श्रीस्थान, कोटिला पादुका र धुलेश्वर दैलेखको पञ्चकोशि तिर्थस्थलहरु कै प्रमुख तिर्थस्थल हुन ।दैलेख जिल्ला सांकृतिक दृष्टिकोणले पनि अग्र स्थानमा रहेको छ । पन्चैबाजा, धमारि, हुड्के, माङगल, देउडा आदि पुराना कला संकृति रहेका छन् ।

यहाँ पानी माथि आगो बल्ने र पेट्रोलियम पदार्थको सम्भावना समेत रहेको  । प्राकृतिक दृष्टिकोणले सुन्दर र भरिपुर्ण दैलेख जिल्लाको सबैभन्दा बढी पर्यटकीय सम्भावना बोकेको ज्वालामुखि, धार्मिक स्थल, मठमन्दिर सबैको संरक्षणको सशक्त रुपमा आवश्यक छ । यस ठाउँमा रहेका प्राकृतिक सम्पदा, भाषा, संस्कृति जिर्ण र लोपोन्मुख हुन लागेका छन् । यस ठाउँमा चारैतिर वनजंगल, हरियाली र मनोरम दृश्यले भरिएको दैलेख जिल्लामा प्रायःजसो सबै ठाउँले पर्यटकीय सम्भावना बोकेको छ । मलाई लाग्छ दैलेखलाई स्वर्गभुमि को उपनाम दिदा पनि  पूर्णरूपमा उचित हुन्छ ।  दैलेख जिल्ला कर्णाली प्रदेशको जिल्लाहरू मध्ये आफ्नै पहिचान बोकेको जिल्लाको रुपमा  विकसित हुँदै आएको छ ।   दैलेखमा रहेका हरेक प्राकृतिक , ऐतिहासिक , तथा संकृतिक सम्पदाको संरक्षण गर्ने हो भने दैलेखलाई एक उत्कृष्ट तथा पर्यटकीय जिल्लाको रुपमा देश कै नमुना जिल्ला बनाउन सकिन्छ। दैलेखका प्रमुख सम्पदाको संरक्षणको सक्त खाचो रहेको छ ।  दैलेखमा रहेका प्राय: सम्पदाको छिटो संरक्षण भएन भने जिर्ण र भग्नावशेस हुन समय लाग्ने छैन् ।दैलेखको विश्व जगतमै एक रमणीय र पर्यटकीय ज्यादै सम्भावना बोकेको प्रदेश नं ६ को मुटुको रुपमा रहेको जिल्ला हो ।

दैलेख  जिल्ला भौगोलिक रुपमा विकट जिल्ला होईन । दैलेखको  भू–वनोट ,धरातलिय स्वरुपले गर्दा खेतीपाति उद्योग धन्दा संचालन गर्न उपयुक्त मानिन्छ । केही स्थानमा मात्र यातायातको अभावले विकट मानिएको छ । यसलाई छिटो भन्दा छिटो पूरा गर्नुपर्छ ।  विशेष गरी पुरातात्विक वस्तुहरुले भरिपूर्ण भएता पनि यसको सहि प्रयोग र उत्खनन् हुन सकेको छैन् । अति रमणीय हिमालयको मुनि रहेको जिल्ला प्रकृतिको सुन्दर उपहार हो ।

जात जातिको कुरा कुरा गर्ने हो भने रिजाल, रिमाल, शाही , विश्वकर्मा , दमाई , सुनार, रेग्मी, खत्री, कार्की, महतरा, थापा, विष्ट, अधिकारी, रोकाय आदि जातिको प्रमुख थलो को रुपमा रहेको छ । दैलेख लाई पूरा जगतको स्वर्ग जस्तो ठाउँ मान्नु र दैलेख बासी हु भन्न गर्व लाग्छ ।

 दैलेख जिल्ला २८० ३० उत्तर देखि २९० अक्षांशमा रहेको छ । यस जिल्लाको क्षेत्रफल १५०२ वर्ग कि.मी.अथवा १५००-२००हेक्टर भूमीमा रहेको छ । यस जिल्लाको भौगोलिक विभाजनलाई हेर्दा २० प्रतिशत समथर ठाउ र ८० प्रतिशत पहाडी भू–भाग रहेको छ । र यसै गरि कर्णाली नदी ,रामाघाट खोला ,पादुका खोला छामघाट खोला,लोहोरे खोला र पराजुली खोला यहाँका मुख्य खोला हुन् ।दैलेख  वनजंगलको हिसावले ५२ प्रतिशत भू–भाग ओगटेको देखिन्छ । जसमध्ये दैलेखमा घासे मैदान २.४६ प्रतिशत ,पशुचरन क्षेत्र २८.७० प्रतिशत, बाकी क्षेत्र भीरपाखाको जंगल रहेको छ । कृषि भूमी २८.७० रहेको छ भने बाकी भूमी खोलाको बगर र उच्च हिमश्रृंखला तथा चट्टानले बनेको छ ।

जलवायुको हिसाबले हेर्ने हो भने उपोष्ण क्षेत्र ५४४ मी. देखि १२०० मी.,समशितोष्ण क्षेत्र १२०० मी. देखि १८०० मी. सम्म ,शितोष्ण क्षेत्र १८००मी.देखि २३००मी. सम्म र ठण्डा लेकाली क्षेत्र २३०० मी माथिको भू–भागलाई मानिएको छ ।  दैलेखमा बाह्र महिना स्वच्छ र मध्यम खालको हावापानी पाइन्छ । दैलेखमा व्यवसायको कुरा गर्ने हो भने धुप उत्पादनका लागि सुन काउलोको विरुवाको उत्पादन गर्न नर्सरी निर्माण गर्न सरोकार वालाको ध्यान जान आवश्यक रहेको छ । पुराना काउलाका रुखहरु नष्ट हुन गइ गाऊ घरमा रहेका घरेलु उद्दोगहरु संकटमा परेका छन् । दैलेखमा रहेका सम्पूर्ण ऐतिहासिक पुरातात्त्विक सम्पदाको संरक्षण र संबर्द्धन गर्न अति आवश्यक छ ।

त्यसैले समग्र दैलेख जिल्लाको विकासका लागि पर्यटनमा ध्यान दिन अति आवश्यक रहेको छ । दैलेखमा रहेका सम्पूर्ण पर्यटकीय स्थलको संरक्षण गरि सहि सदुपयोग गर्ने हो भने दैलेख को तिब्र गतिमा विकास हुन्छ । दैलेख मा रहेका ५ तिर्थस्थ नाविस्थान, श्रीरीस्थान, कोटिला, पादुका र धुलेश्वर प्रमुख तिर्थस्थल हुन । यिनै तिर्थस्थलको परिक्रमा गर्न धेरै पर्यटकहरु आउने गर्दछन् ।त्यसैले दैलेखको विकासका लागि सर्वप्रथम त्यहाँका पर्यटकीय सम्पदाको संरक्षणको  खाँचो छ ।

अध्ययन : मध्यपश्चिमाञ्चल विश्व विद्यालय, सुर्खेत ।




फेसबुकबाट तपाईको प्रतिक्रिया