सुर्खेत
राष्ट्रिय स्वतन्त्र पार्टीले अरूभन्दा फरक काम गर्ने र युवापुस्तालाई समेटेर अघि बढ्ने उक्त पार्टीका नेताहरुले बताएका छन् ।
सुर्खेतको बीरेन्द्रनगरमा भएका संचारकर्मीसँगको अन्तक्रिया कार्यक्रममा उनीहरुले पार्टी मूल्य मान्यता र योजनालाई जनता माझ पुर्याउन तीन महिने अभियान थालिएको बताए ।
पार्टीका सुर्खेत संयोजक थम्बराज थानीले नेपालमा पुराना दलहरुले जनतालाई निरासा बाहेक केही दिन नसकेको आरोप लगाए ।
रुकुम जिल्ला संयोजक मान बहादुर शाहीले जनताले विस्वास गरेका, भिजन र क्षमता भएका परिवर्तनशिय व्यक्तिहरु पार्टीलाई चाहिएको बताए ।
अर्का नेता पुष्कर चन्द पुराना दलहरु कर्णालीमा हारेको मानसिकता देखिएको र जनताले पत्याउन छोडेको बताएका छन ।
कार्यक्रममा सहभागी संचारकर्मीहरुले अन्य पार्टीलाई गाली गर्नु भन्दा आफ्ना योजनाहरु जनतासँग पुर्याउन उनीहरुलाई सुझाव दिए ।
पत्रकार महासंघ कर्णालीका अध्यक्ष देबिराम देवकोटा र कोषाध्यक्ष गणेशकञ्चन भारतीले राजनीतिमा रास्वपाले नयापन दिनु पर्ने र युवावर्गलाई समेट्नु पर्नेमा जोड दिए ।
राराखबर । २०८०, २१ चैत्र बुधबार