
रुकुम- आगामी प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच ऐतिहासिक चुनावी तालमेल भएपछि पश्चिम रुकुममा जनार्दन शर्माको जित सुनिश्चित देखिएको छ।
दुई पार्टीबीच भएको लिखित सहमति अनुसार पश्चिम रुकुममा एमालेले प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई पूर्ण समर्थन गर्ने निर्णय गरेको हो।
एमाले जस्तो ठूलो संगठन भएको पार्टीको साथले शर्माको चुनावी अभियानमा ठूलो बल पुगेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, एमालेको भोट बैंक थपिएपछि शर्मालाई आफ्ना प्रतिस्पर्धीहरू भन्दा निकै अगाडि पुर्याएको छ, जसले गर्दा उनको विजय लगभग निश्चित भएको छ।
राराखबर । २०८२, १२ माघ सोमबार