मुलुक बनाउने र ध्वस्त पार्नेहरू बीचको चुनाव हो – उम्मेदवार देवकोटा

सुर्खेत- नेकपा एमाले सुर्खेत क्षेत्र नम्बर २ का उम्मेदवार कुलमणि देवकोटाले आगामी निर्वाचनलाई ‘मुलुक बनाउने र ध्वस्त पार्ने शक्तिहरू’ बीचको निर्णायक सङ्घर्षको संज्ञा दिएका छन् ।
चौकुने गाउँपालिका वडा नम्बर १० मा भएको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया जनताको विश्वास र समर्थनले मात्र समृद्धिको सपना साकार हुने दावी गरे ।
उनले भने, यो देशलाई विकासको बाटोमा लैजाने कि विनाशको खाडलमा, त्यो अब जनताको हातमा छ। मुलुक जोगाउन र बनाउन नेकपा एमालेका उम्मेदवारलाई मतदान गर्नुको विकल्प छैन .
देवकोटाले संगठनलाई जगैदेखि बलियो बनाएर चुनावी मैदानमा होमिन कार्यकर्ताहरूलाई आग्रस समेत गरेका छन् ।
पार्टी सुदृढीकरणमा जोड
कार्यक्रममा नेकपा एमाले सुर्खेत जिल्ला इन्चार्ज नवराज रावतले पार्टीको आन्तरिक एकता र जनसम्पर्क विस्तारमा जोड दिए ।
उनले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन व्यक्तिगत स्वार्थभन्दा माथि उठेर एकजुट हुन सबैमा आग्रह पनि गरेका छन् ।
नेकपा एमाले चौकुने १० वडा कमिटीको आयोजनामा भएको उक्त कार्यक्रममा एमाले सुर्खेतका उपाध्यक्ष मोहन सिंह बडुवाल, प्रदेश कमिटी सल्लाहकार सदस्यहरू ताराकेसर गौतम र धीर बहादुर शाहीले चुनावी रणनीति र पार्टीको एजेण्डाका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य हरि खनाल, जिल्ला कमिटी सदस्यहरू खडक थापा, महेन्द्र खनाल, बासु आचार्य र चौकुने गाउँकमिटी अध्यक्ष शंकर टमट्टा लगायतका नेता तथा कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो।




फेसबुकबाट तपाईको प्रतिक्रिया