लघु जलविद्युत आयोजना अलपत्र किन ?

बद्री पन्त
जाजरकोट १७, असोज ।
जाजरकोट जिल्लामा निर्माण पुरा भएका र निर्माणाधीन लघु जलविद्युत आयोजनाको संख्या ३५ रहेको छ । ती मध्ये आधा आयोजना निर्माण पुरा हुन नसकी अलपत्र परेका छन् भने आधा आयोजना निर्माण पुरा भएर पनि सुचारु हुन सकेका छैनन् ।

IMG_1607बजेटको कमी, उपभोक्ताको असक्षमता तथा लापरबाही, सरोकारवाला निकायको ढिलासस्ती लगाएत कारण यहा“का लघु जलविद्युत आयोजना अलपत्र परेका हुन् । निर्माण शुरु भएको १० बर्ष वित्दा पनि आधा दर्जन लघु जल विद्युत आयोजना पुरा हुन सकेका छैनन् । आयोजना अलपत्र पर्दा स्थानीय बासिन्दाको विजुली बाल्ने धोको पनि पुरा हुन सको छैन । यस जिल्लामा लघु जल विद्युतमा भएको ३६ करोड बढी सरकारी लगानी बालुवामा पानी भएको छ ।
कुन कुन आयोजना अलपत्र छन् ?
५ देखि ८३ किलोवाट उत्पादन क्षमताका १३ आयोजना निर्माण अलपत्र परेका छन् । निर्माण सम्पन्न भैसकेका र निर्माण बाकी रहेका आयोजना अलपत्र पर्दा ४ हजार घरधुरीको उज्यालो बाल्ने सपना अधुरो बनेको छ ।
६० किलोवाटको हिप्का खोला लघु जल विद्युत योजना गर्खाकोटको निर्माण ५ बर्ष देखि अलपत्र छ । त्यस्तै अर्छानीमा ३५÷३५ किलोवाटका तिलङ्गे खोला र भित्रखोला, ३१ किलोवाटको सेपुखोला, ५३ किलोवाटको चिन्तरा, ८३ किलोवाटको गाग्राखोला, ३५ किलोवाट अ“यारी खोला, ५१ किलोवाटको ढोरेनी खोला, २२ किलोवाटको लुम्तीखोल, १ सय किलोवाटको मजकोट, साङ्टा सानाभेरी गर्खाकोट, २४ किलोवाट काफलवाटा लह“, लहँकै ४५ किलोवाटको बागमारे, ९ किलोवाट दोखु खोला अर्छानी लगाएत लघु जलविद्युत निर्माण अलपत्र परेका हुन् । ३÷४ वर्ष अघि नै निर्माण भैसक्नु पर्ने बाघमारे आयोजना अहिलेसम्म पनि निर्माण हुन नसकेको छौन ।
IMG_1393यी आयोजनाको निर्माण शुरु भएको ५ बर्ष नाघेको छ । कतिको कुलो र पावर हाउस बनेको छैन भने कतिको उपकरण ढुवानी तथा लाईन विस्तारको काम हुन नसक्दा अलपत्र परेका हुन् ।
त्यसैगरी निर्माण सम्पन्न भएका ९ आयोजना पनि मर्मत संभारको अभावमा ७ बर्षदेखि अलपत्र परेका छन् । ५ किलोवाट क्षमताको टीकाचौर, १८ किलोवाटको दल्ली, १२ किलोवाटको बुरुङ्गे खोला, १८ किलोवाटको फड्काखोला, ५ किलोवाटको घट्टेखोला साल्मा लगाएत लघु जलविद्युतको विद्युत उत्पादन बन्द भएको छ । यी मध्ये कति आयोजना त निर्माण भएको बर्ष नपुग्दै विगी्रएर अलपत्र परेका छन् । बजेटकै अभावले कति आयोनाको कार्य पनि अधुरै रहेको पाइएको छ । आयोजना निर्माण भएपनि धेरैबाट विजुली बाल्ने काम हुन नसकेको पत्रकार महासंघ जाजरकोटका सभापती जनक केसीले बताए ।
किन आयोजना अलपत्र ?
सरकारी अनुदानको कमी, निर्माण कम्पनीको लापरबाही, लगानी स्रोतको अभाव, श्रमदान जुट्न नसक्नु लगाएत कारण लघु जलविद्युत योजना निर्माण अलपत्र पर्ने गरेका हुन् । लघु जल विद्युत योजना लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले उपलब्ध गराउने अनुदान नै नपुग हुने हु“दा निर्माण अलपत्र पर्ने गरेकोे वातावरण उर्जा तथा जलवायु परिवर्तन अधिकृत धिरेन्द्र विक्रम शाहले बताए । केन्द्रले ५० प्रतिशत पनि ब्यहोर्दैन । २० प्रतिशत उपभोक्ताको श्रमदान र ३० प्रतिशत अनय निकायबाट अनुदान जुटाउने कार्य चुनौती भएको उनले बताए । जलविद्युत आयोजना निर्माण लागत महङ्गो बन्दै गएकोले समस्या भएको उनले बताए । केन्द्रले प्रति किलोवाट २ लाख ५५ हजार मात्र अनुदान उपलब्ध गराउने गरेको छ ।
विकट तथा दुर्गमका लागि यो न्युन अनुदान हो, उनले भने । जाजरकोटमा प्रति किलोवाटको ५ लाख लागत पुग्छ । बा“की रकम उपभोक्ताले कहा“बाट जुटाउने ?, शाहले भने । ४÷५ बर्ष अघिको डिजाइन अनुसार अनुदान आउने गर्दा आयोजना निर्माण रकम अभाव हुने गरेको हो । ५०÷६० लाख तलका आयोजना नै हु“दैनन् । १ करोडको आयोजनामा ५० लाख उपभोक्ताले जुटाउनु पर्ने हु“दा निर्माण अलपत्र पर्ने गरेको हो, उनले भने ।
बाढी पहिरोले पाउरहाउस र कुलो भत्काउछ, उपकरण विग्रन्छ । बजेटकै कुरा आउछ, उनले भने । उपभोक्ताले मर्मतमा ध्यान दिंदैनन् शाहले भने । गाउमा कुलो खन्ने, पावरहाउस बनाउने र लाइन विस्तारका लागि श्रमदान नै नजुट्दा समस्या हुने गरेको तिलङ्गे खोला लघु जलविद्युत निर्माण अध्यक्ष रणबहादुर शाहीले बताए । कुनै पनि विकास योजना निर्माणमा उपभोक्ताको श्रमदान जुट्दैन । गाउलेले ज्याला विना काम गर्दैनन्, उनले भने ।
gजिल्ला विकास समिति, गाउ विकास समिति, अन्य संघसंस्था लगाएतको आर्थिक सहयोग र उपभोक्ताको श्रमदान विना योजना निर्माण कठिनाई हुने अध्यक्ष शाहीले बताए । बजेट अभावमै निर्माण अलपत्र परेको उनले बताए । प्रबद्र्धन केन्द्रले उपलब्ध गराउने अनुदान रकम सिधै निर्माण तथा जडानको जिम्मा लिने कम्पनीका नाममा भुक्तानी गर्ने गर्दा पनि समस्या भएको छ, उनले भने । उपभोक्ताको खातामा रकम नै आउदैन । कम्पनीले केन्द्र प्रति मात्र जफावदेही हुने र उपभोक्तालाई टेरपुच्छर नलगाउने गर्दा समस्या आउने गरेको उनले बताए ।
उर्जा शाखाका अनुसार जिल्लाभर ६ सय किलोवाट विद्युत उत्पादनको अभिलेख भएपनि नियमित विद्युत उत्पादन ४ सय किलोवाट मात्र हुने गरेको अधिकृत शाहले बताए । विद्युत उत्पादन भएका २४ योजना मध्ये ११ मात्र सुचारु अवस्थामा रहेका छन् । १३ आयोजना निर्माणको चरणमै रहेको उनले बताए । बजेट अभावका कारण नया“ आयोजना निर्माणमा ढिल्ला सुस्ती भएको उनको भनाई छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया