बद्री पन्त
जाजरकोट १७, असोज ।
पाँच महिना वितिसक्दा पनि जाजरकोटमा ५० शैयाको अस्पताल सन्चालनमा आउन सकेको छैन् । सरकारले गत जेठमा जाजरकोट अस्पताललाइ १५ शैयाबाट ५० शैया क्षता विस्तारको घोषणा गरेपनि घोषणा कागमै सिमित भएको छ । भौतिक पुर्वाधारको व्यवस्था पन राम्रो नहुदा सन्चालन नभएको हो । विरामी उपचार गर्न जिल्ला बाहिर जानु पर्ने वाध्यता रहेको छ ।
जिल्ला अस्पताल जाजरकोट ५० शैयाको भएको छ । तर ५० शैयाको यस अस्पतालमा न त भवन छन् न त विशेषज्ञ चिकित्सक नै । यस अस्पतालमा विरामी सुताउने, सुत्केरी गराउने, बलड बैंक संचालन गर्ने र चिकित्सकले चेकजा“च गर्र्ने लगाएत अति आवश्यक कोठा समेत छैनन् । अस्पतालमा विशेषज्ञ चिकित्सक लगाएत स्वास्थ्यकर्मी र आधारभुत पुर्वाधार नहु“दा यहा“का विरामी उपचारबाट बन्चित हुनु परेको छ ।
जस्का कारण सामान्य रोगका विरामीलाई पनि उपचारका लागि जिल्ला बाहिर जानु पर्ने वाध्यता छ । अस्पतालमा विरामीले औषधी पाउदैनन । बिरामीले महोंगोमा निजी क्लिकमा औषधी किन्नु परेको स्थानीय धनबहादुर विकले बताए । अस्पतालबाट पाउनु पर्ने ७० प्रकारका औषधी नै पाउदैन । यस अस्पतालमा भने जस्तो सेवा सुविधा नपाएको उनले बताए ।
अस्पतालमा विरामी चेकजा“च गर्ने, स्टोर, ल्याब, औषधी वितरण कक्ष, विरामी सुताउने, कोलचिङ्ग, इमरजेन्सी, एक्सरे, भिडिओ एक्सरे, प्रशासन, मातृशिशु, क्षयकुष्ठ, पोषण, लगाएत कार्य संचालन गर्न १७ कोठा मात्र छन् । २०३७ सालमा बनेका पुराना तथा जीर्ण भवनमा १५ शैयाको अस्पतालका लागि बनेका पुराना संरचना हुन् । ५० शैयाको अस्पतालका लागी ६० बढी कोठा भएको भवनको आबश्यक पर्छ । तर अस्पतालको स्तरबृद्धीसंगै विरामी चेकजा“चका लागि मात्र १५ कोठाको आवश्यकता पर्छ । हाल एउटा कोठामा विरामीको चेकजा“च हुनेगरेको छ । यस अस्पतालमा जिल्ला स्वास्थ्य र जिल्ला जन स्वास्थ्य कार्यालय एकै ठाउमा संन्चालन छन । जन स्वास्थ्यको भवन अलगै ठाउमा हुनु पर्ने व्यवस्था भएपनि जाजरकोटमा दुवै कार्यालय एकै ठाउमा रहेका छन् । यसबाट अस्पतालले प्रवाह गर्ने सेवामा समेत समस्या पारेको छ ।
५० शैया अस्पताल सामान आएर त्यतीकै थन्कीएको छ । भवन अभाव हुदा वेड राख्ने ठाउ नहुदा ५ महिना देखि सामानहरु एउटा कोठा थन्कीएको अस्पातका निमित्त अस्पताल प्रमुख डाक्टर चाँदनी जैसवालले बताउनु भयो । कोठा नहु“दा ३० विरामी बेड र बलड बैंकका सामाग्री त्यत्तिकै थन्काएका छन । जन स्वास्थ्य कार्यालयको भवन ५ वर्ष देखि निर्माण पुरा भएको छैन भने अस्पतालकै सुरक्षित मातृत्व भवन निर्माण शुरु भएको ६ बर्ष वित्दा पनि जग समेत पुरा नभएर निर्माण स्थलमा रुखविरुवा उम्रेका छन् । बन्न थालेका भवन नै निर्माण नभएर अलपत्र अवस्था छन, यसले गर्दा पनि ५० शैया अस्पतालबाट दिनु पर्ने सेवा प्रवाहमा समस्या पारेको जैसवालले बताउनु भयो ।
जिल्लामा विरामीलाई पटक पटक रगतको आवश्यकता पर्छ । अस्पतालमा उक्त बैंक संचालनको लागि कोठा नै छैन । बलड बैंको सामाग्री आएको ५ महिना विती सक्यो । उपचारका लागि भर्ना भएका विरामी सुताउने कोठा अभाव हुदा समस्या भएको अस्पतालका ल्याव असिसटेन्ट दलबीर गिरीले बताउनु भएको छ । अस्पतालको विजोग जस्तै छ । अस्पतालबाट जति सेवा दिनु पर्ने हो सो सेवा विरामीले पाउन नसकेको गिरीको भनाइ छ ।
त्यसैगरी जिल्ला अस्पतालको स्तर बृद्धिसगै ९ विशेषज्ञ चिकित्सक, ४ मेडिकल अधिकृत र अनमि, स्टाफ नर्स १२, सहायक स्तरका कर्मचारी सहित ५९ जना स्वास्थ्यकर्मीको दरबन्दि सृजना भएको भन्दै स्वास्थ्य सेवा विभागले पत्र मात्र पठाएको छ । तर ९ जना चिकित्सक अहिले सम्म आएका छैनन ।
सरकारले जिल्ला अस्पताललाई जाजरकोट अस्पताल बनाएको हो । अस्पतालको स्तर बृद्धी गरे पनि चिकित्सक र उपकरण पठाउन तर्फ वेवास्ता भएको छ । अस्पताल ५० शैयाको छ, उपचार सेवा स्वास्थ्य केन्द्र जतिको पनि छैन । हात खुट्टा भा“चिएको दुखाई र सुत्केरी ब्यथाले छट्पटाई रहेका र रगत अभावमा जीवन मरनको दोसा“धमा रहेका विरामीलाई महङ्गो खर्च ब्यहोरेर नेपालगंज लैजानु पर्ने वाध्यता टरेको छैन ।
अस्पतालमा ११ औं तहको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट १, बालरोग बिशेषज्ञ १ जना, स्त्रीरोग विशषज्ञ १ जना, मानसिक रोग विशषज्ञ १ जना, जनरल फिजिसियन विशषज्ञ १ जना, रेडियोलोजिष्ट विशषज्ञ १ जना, हाडजोर्नी विशषज्ञ १ जना, जनरल सर्जन १ जना र एनेस्थेसिया समेत ९ विशेषज्ञ चिकित्सकको ब्यबस्था छ ।
तर अहिलेसम्म यी कोही आएका जैसवालको भनइ छ । त्यस्तै ४ मेडिकल अधिकृत, डेन्टल सर्जन १ जना गरी ५ जना चिकित्सक मात्र अहिले जिल्लामा सबै काम गर्नु परेको छ । जिल्लामा वरिष्ठ फिजियोथेरापिष्ट १, नर्सिङ्ग अधिकृत, ल्याव टेक्नोलोजिष्ट, मेडिकल रेकर्डर, स्टाफ नर्स, स्वास्थ्य सहायक, फार्मेसिष्ट लगाएत ५० दरबन्दिको ब्यबस्था भएको छ ।
राराखबर । २०७३, १७ आश्विन सोमबार