जनहितमा जारी सन्देश

संक्रामक रोग रेविजबाट बच्न र बचाउँन घरपालुवा कुकुरलाई सिक्री अथवा सांलोले बाधेर राख्ने र १ बर्षको अन्तमा रेविज विरुद्धको खोप लगाउने गरौं । बहुला कुकुर, स्याल, फ्याउरोले टोके पछि टोकेको घाउलाई जति सक्यो छिटो सावुन पानी अथवा सहन सक्ने तातोपानी र स्प्रीट, डिटोल जस्ता एन्टीसेटटीक औंषधीहरुले २०÷२५ मिनेटको समयसम्म सफा गर्ने गरौं ।

घरमा आफुले पालेका गाई, भैसीहरुलाई चरचरे, भ्यागुते रोगबाट बचाउन बर्षको २ पटक ६ महिनाको फरकमा एच.एस÷बि.यू खोप लगाउने गरौं । भेडा बाख्राहरुलाई महाँमारी जन्य रोग पि.पि आरबाट बचाउन २ बर्षको फरकमा पि.पि आर खोप लगाउने गरौं । गाई, भैसी, भेडाबाख्रालाई स्वास्थ्य राख्न र उत्पादकत्व बढाउन आन्तरीक परजिविको औंषधी बर्षको २ पटक ६÷६ महिनामा अनिबार्य खुवाउने गरौं ।

पशु पन्छी विकास शाखा बारेकोट गाउँपालिका २, लिम्सा जाजरकोट ।




फेसबुकबाट तपाईको प्रतिक्रिया