अफिनको प्रदेश अध्यक्षमा गौतम

नवनिर्वाचित अध्यक्ष दिपक गौतम

सुर्खेत
एसोशियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) को कर्णाली प्रदेशको अध्यक्षमा कर्णाली केयर अस्पतालका निर्देशक दिपक गौतम चयन भएका छन् ।
आइतवार बीरेन्द्रनगरमा भएको कर्णाली प्रदेशका निजी अस्पताल र नसिङ्ग होम संचालकहरुको भेलाले गौत्तमलाई अध्यक्षमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा कर्णाली ट्रमा केयरका संचालक ओमप्रकाश काफ्ले, सचिवमा सुर्खेत अस्पतालका भक्तबहादुर शाही र कोषाध्यक्षमा गुरुङ्ग अस्पतालका निरक गुरुङ्ग चयन भएका छन् ।


यस्तै समितिको सदस्यमा माया नसिंङ्ग होमका विशेश्वर खड्का, राना अस्पतालका बिजय घले र जिपी मेमोरियल नसिङ्ग होमका उत्तमकुमार शाही रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष गौतमलेल आफ्नो संगठनले कर्णाली प्रदेशका निजी अस्पताल र नसिङ्ग होमको सेवा सुविधालाई सर्वसुलभ र छिटो छरितो बनाउने प्रयास गर्ने बताए ।
उनले आफुहरु जहिले पनि जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरे । साथै निर्देशक गौतमले निजी अस्पताल र नसिङ्ग होमको हकअघिकारको पक्षमा निरन्तर लागि पर्ने उल्लेख गरे ।




फेसबुकबाट तपाईको प्रतिक्रिया