सुर्खेत, २५ फागुन ।
क्यान्सरबाट पीडित जाजरकोटको लहँ गाविस–९ गर्छिनाकी जयरुपा घर्तीको उपचारको लागि सहयोग जुटने क्रम जारी छ ।
क्यान्सरका कारण ८ महिनादेखि थला पर्नु भएकी घर्तीको उपचारको लागि सुर्खेतमा क्रियाशिल पत्रकार प्रकाश पन्तले सामाजिक संजाल फेसवुक मार्फत उपचारमा सहयोग गर्न आग्रह गर्नु भएको थियो ।
पत्रकार पन्तले चलाएको अभियानमा साथ दिदै विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।
घर्तीका उपचारको लागि मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा कार्यरत वालरोग बिशेषज्ञ डाकटर नवराज केसीले व्यक्तिगत रुपमा १० हजार रुपैया सहयोग गर्नु भएको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा रहेको मध्यपशिचम वाल अस्पतालका संचालक समेत रहनु भएका डा. केसीले उक्त रकम विहिवार पत्रकार पन्तलाई हस्तान्तरण गर्नु भएको छ । क्यान्सर पीडित महिलाको उपचारको लागि अभियान संचालन गरेको भन्दै उहाँले पत्रकार पन्तलाई धन्यवाद दिनु भएको छ ।
सहकर्मी पत्रकार पन्तको अभियानलाई साथ दिदै सुर्खेतका पत्रकारहरुले पनि जयरुपाको उपचारको लागि आर्थिक सहयोग गरेका छन ।
पत्रकार सुदीप पुरीको सक्रियता र समुन्वयमा पत्रकारहरुले एकमुष्ट ७ हजार ५५ रुपैया प्रदान गरेका छन ।
उनीहरुले दिएको रकम पत्रकार पुरीले विहिवार अभियन्ता पन्तलाई हस्तान्तरण गर्नु भएको छ ।
तीन दिनको अवधिमा करिव ५० हजार रुपैया दिने प्रतिवद्धता आएकोमा अहिलेसम्म २४ हजार ३ सय ७५ रुपैया उठिसकेको पत्रकार पन्तले जानकारी दिनुभयो ।
आर्थिक विपन्नताले गर्दा उपचारको लागि क्यान्सर अस्पतालमा राखेर नियमित उपचार गर्न नसकेको गुनासो घर परिवारले गरेका छन ।
घुँडादेखि माथीको भागमा क्यान्सर भएकोले गत भदौ महिनादेखि घर्ती थला पर्नु भएको छ ।
उपचारको लागि क्यान्सर अस्पताल चितवनमा गएपनि नियमित उपचार गर्न खानेवस्ने खर्च तिर्न नसक्दा बीचमै उपचार छाडेर घर फर्किन वाध्य भएको छोरा शशीले बताउनु भएको छ ।
यदि तपाईले सहयोग गर्न चहानु हुन्छ भने क्यान्सर पीडितका छोरा शशी घर्तीको मोवाईल नम्वर ९७४८०७६७११ र ९८१९५८८३१८मा सम्पर्क गर्नु होला । अथवा फेसवुकमै प्रतिवद्धता जनाउनु भयो भने उहाँका आफन्तहरुले खवर गर्नु हुनेछ । प्रतिवद्धता जनाउदा सम्पर्क नम्वर पनि दिनुहोला ।
राराखबर । २०७३, २६ फाल्गुन बिहीबार