बर्दिया, २५ पुष ।
आर्थिक अभावका कारण उपचारमा समस्या झेल्दै आएकी बर्दिया बासगढी नगरपालीका प्रिज्मा थारुलाई सहयोग गरेर ज्यान बचाइदिन आफन्तले अपिल गरेका छन ।
एसएलएफ नामक दिर्घायु रोगको कारण दुबै मृगौलामा समस्या देखिएपछि थारु चार बर्षदेखि काठमान्डौको शिक्षण अस्पतालमा उपचारर्थ हुनुहुन्छ ।
बिगत चार बर्षदेखि उपचार गराउदा भएको पैसा सबै सकिएको हुदाँ उपचारमा समस्या भएको दिदि अर्चु चौधरीले बताउनुभयो । उहाँले सम्पत्तिका नाममा भएको घर जग्गा समेत बहिनिको उपचारमा सकिएको भन्दै सहयोगको लागी सबैसंग अपिल गर्नुभयो ।
बहिनिको उपचारमा अहिले सम्म ६० लाख भन्दा धेरै खर्च भईसकेको भन्दै अझै धेरै खर्च लाग्ने भएकाले सहयोग गरिदिन सबैसंग आग्रह गर्नुभयो । यस अघि कोहलपुरका विभिन्न अस्पतालमा उपचार गरेपनि सम्भब नभएपछि डाक्टरले काठमान्डौ जान सुझाँव दिएका थिए ।
बहिनिको उपचारमा भएको पैसा पनि उपचारकै क्रममा सकियो, अव बहिनिलाई बचाउँन आफुसँग कुनै उपाय नभएको उहाँको भनाई छ। हामी संगको कुराकानीमा भावुक हुदै उहाँले भन्नु भयो‘हाम्रो बिजोक हुनबाट जोगाईदिन सवैलाई अनुरोध गर्छु ।
अहिले उहाँको उपचारमा दैनिक तिन हजारदेखि ४ हजार सम्म खर्च लाग्ने गरेको बताउनुभयो। अहिले आफुहुलाई काठमान्डौमा बसेर खाना बस्नको समेत समस्या हुने अबस्था आएको उहाँको भनाई छ ।
सहयोगको लागी विभिन्न निकाय सम्म पुग्दा समेत आफुहरुको समस्या प्रति कसैले चासो नदेखाएको उहाँले बताउनुभयो। सहयोगका लागि 9868278925 मा सम्पर्क गरी सहयोग गरिदिन चौधरीले सवैमा अनुरोध गर्नु भएको छ ।
राराखबर । २०७५, २५ पुष बुधबार