घुमाउरो र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता चाडै अन्त्य हुनेछ – अर्थमन्त्री राजीव विक्रम शाह

निर्वाचनमा जनतासँग गरेका बाचा आफुले क्रमश पूरा गदै जाने


जाजरकोट
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीब बिक्रम शाहले जाजरकोटमा तीनवटा पुल निर्माणको शिलान्यास गरेका हुन् ।
पश्चिम जाजरकोटको शिवालय गाउँपालिका वडा ९ र छेडाघाट नगरपालिका जोड्ने रिठ्ठे खोलामा पक्की पुलको शिलान्यास गरेका हुन ।
यस्तै छेडाघाट नगरपालिका ५ र जुनिचाँदे गाउँपालिका ६ जोड्ने बेलीब्रिज र छेडागाड नगरपालिकाको वडा ५ र १२ जोड्ने मनघाट खोलामा बेलीब्रिज पुलको मन्त्री शाहले सोमवार शिलान्यास गरेका हुन् ।
पुलको शिलान्यास गदै उनले जनताको आवश्यकतालाई ध्यान राखेर पुलको निर्माणलाई प्राथमिकता दिएको बताए ।
उनले भने, पुल नहुँदा जनताले घुमाउरो र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । अव त्यो चाडौ अन्त्य हुनेछ ।
अर्थमन्त्री शाहले निर्वाचनमा जनतासँग गरेका बाचा आफुले क्रमश पूरा गदै जाने उल्लेख गरे ।




फेसबुकबाट तपाईको प्रतिक्रिया