दुर्घटना

कालीकोटकाे पलाँतामा जीप दुर्घटनामा ६ जनाको मृत्यु, १३ जना घाइते

सुर्खेत । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु र १३ जना घाइते भएका छन् । आइतबार दिउँसो पलाँता गाउँपालिका-३ को राहुनेटा भन्‍ने ठाउँमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका १३ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टोरबाट सुर्खेत ल्याउन सुरु गरेकाे छ । पहिलो चरणमा ७ जनालाई सुर्खेत विमानस्थलमा ल्याएर प्रदेश अस्पताल पठाउने काम भएको छ। थप घाइतेकाे उद्वारकाे लागि पुनः हेलिकप्टर त्यसतर्फ उडेकाेछ।




फेसबुकबाट तपाईको प्रतिक्रिया