कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दुर्घटनामा परी घाइते भएकाहरूकाे स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।
प्रदेश अस्पतालमा पुगेर मुख्यमन्त्री कँडेलले घाइतेको अवस्था बुझ्दै उपचारमा कुनै कुराकाे कमी हुन नदिन निर्देशन दिएका हुन । अस्पताल पुग्नु अघि मुख्यमन्त्री कँडेल नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरी ल्याइएका घाइतेको अवस्था बुझन सुर्खेत विमानस्थल पुगेका थिए ।
मुख्यमन्त्री कँडेलले उपचार शीघ्र र प्रभावकारी बनाउन निर्देशन दिएका हुन् । उनले थप मानवीय क्षति हुन नदिने गरी चिकित्सकलाई उपचारमा खटिन आग्रह गरे ।
आइतबार दिउँसो जिल्लाको पलाता गाउँपलिका-५, को खिनदेखि थिर्पुतर्फ जाँदै गरेको क १ ज ५६ नम्बरको बोलेरो जिप वडा नम्बर ३ को राडुनेटा भन्ने स्थानमा अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
उक्त दुर्घटनामा परी पलाता गाउँपालिका–६ का दशकला शाही, पदम बम, भगवती रोकाया, गणेश शाही, सोही पालिकाका–५ का छाया शाही र वडानं ३ का दमन रोकायाको घटनास्थल र चालक धनिराम रावतको उपचारको क्रममा सुर्खेतमा मृत्यु भएको जनाइएको छ ।
चालक सहित १९ जना सवार रहेको उक्त जिप दुर्घटनामा पर्दा १३ जना घाइते भएका छन्। उनीहरुको प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ।
याे पनि…..
सन्तोष भण्डारी । २०८१, २६ कार्तिक सोमबार