
विष्णु रावल
जाजरकोट
सुर्खेत बीरेन्द्रनगरमा रहेको कर्णाली हाइजीन मार्टले भुकम्प प्रभावित क्षेत्रमा जाजरकोटको नलगाडका फुटसल खेलाडीलाई खेल पोशाक सहयोग गरेको छ ।
यही असोज ५ गतेदेखि दल्लीमा हुन लागेको ९ औं नलगाड कपमा भाग लिने फुटसल खेलाडीलाई मार्टले जर्सी सहयोग गरेको हो ।
फुटसल खेलाडीहरुको आग्रह, नलगाडबासी समाजसेवी प्रकाश पन्तको समन्वय र सहयोगमा ११ जना फुटसल खेलाडीको लागि जर्सीको व्यवस्था गरिएको छ । दल्लीका युवा समाजसेवी मिलन सिहको पहलमा खेलाडीलाई जर्सी सहयोग गर्ने गरिएको बताएको छ ।
कर्णालीकै अग्रज समाजसेवी तथा अव्वल स्वास्थ्यकर्मी समेत रहेका कर्णाली हाइजीन मार्टका संचालक महेन्द्र थापाले दुर्गमका खेलाडीलाई खेलप्रति आकर्षित गर्न सक्दो सहयोग गरेको बताए ।
उनले भने, दुर्गम गाउँका खेलाडीको लागि सानै भएपनि सहयोग गर्ने अवसर पाउँदा खुशी लागेको छ । विगत र वर्तमानमा जस्तै आगामी दिनहरुमा पनि यस्ता सहयोग जारी रहने छ ।
नलगाडका खेलाडीलाई जर्सीको लागि आवश्यक समन्वय गरी दिने बीबीसीका पत्रकार प्रकाश पन्तले नलगाडका सधैँ माया गर्दै आउनु भएका समाजसेवी थापाप्रति आभार व्यक्त गरे ।
उनले भने, समाजसेवी थापाले नलगाडबासीको सुखदुखमा सधैँ साथ दिदै आइरहनु भएको छ ।
खेलाडीलाई जर्सी हस्तान्तरण कार्यक्रमा नेपाल तरुण दल नलगाडका अध्यक्ष सूजल रावललको समेत उपस्थिति रहेको थियो ।
समाजेवी युवा मिलन सिहले जर्सीको लागि आफुलाई विस्वास र भरोसा गर्ने सहयोगीदाता, समन्वयकर्ता, हौसला दिने व्यक्तित्वसहित सम्पूर्ण खेलाडी साथीहरुप्रति आभार व्यक्त गरेका छन् ।
उनले आउने दिनहरुमा पनि गाउँको लागि सधैँ साथ र सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
राराखबर । २०८२, १ आश्विन बुधबार