सुर्खेत,
नेपाल केम्पो खुकुरी मार्शल आर्ट्स संघको कर्णाली प्रदेशको अध्यक्षमा आयुष सेजुवाल चयन भएका छन् । शुक्रबार बीरेन्द्रनगरमा भएको संघको भेलाले उपाध्यक्षमा धनिराम धमाला, आशा शाही र चक्रबहादुर सिजापतीलाई चयन गरेको छ ।

तस्वीर इन्जियिनर ईश्वर शाही
यस्तै सचिवमा लालमणी धमाला र कोषाध्यक्षमा सुशील बुढा चयन भएको इन्जियिनर ईश्वर शाहीले बताए । उनका अनुसार संघको सदस्यहरु चाल्स डार्वीन बन, राजेश बुढा, भिम रावल, शोमराज केसि, सागर पौडेल, सरस्वती सुनार, भवानी ढकाल, अस्मित बम, लक्ष्मीप्रसाद धमाला, चन्द्रप्रकाश मल्ल, पवन पौडेल र जलशा बुढा निर्विरोध चयन भएका छन् ।

तस्वीर इन्जियिनर ईश्वर शाही
कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले केम्पो खुकुरी मार्शल आर्ट्सको विकासको लागि सक्दो सहयोग गर्ने बताए । संघका केन्द्र अध्यक्ष पुर्ण पाण्डेले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको सहयोगमा यो खेललाई अन्तर्राष्ट्रिय स्तर सम्म पुर्याउने उल्लेख गरे ।

तस्वीर इन्जियिनर ईश्वर शाही
कार्यक्रममा एमाले सुर्खेतका सचिव मोहन बडुवाल, कर्णाली खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सन्ज्याल, संघका केन्द्रिय उपाध्यक्ष निरज पाण्डे, गोरख शाही, रेफ्री अम्र चन्द लगाएतले आफ्नो भनाई राखेका थिए ।
राराखबर । २०७७, २९ फाल्गुन शनिबार