
सुर्खेत- कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही कालिकोटबाट तेस्रो पटक प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी एमालेका नगिन्द्र शाही ९८६ मतान्तरले पछि पार्दै उनी निर्वाचित भएका हुन ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शाहीले ११,३३८ मत र एमालेका नगिन्द्रले १०,३५२ मत ल्याएका छन्।
यस्तै नेपाली कांग्रेसका हर्षबहादुर बमले ७,१३३ मत, नेकपा विप्लव समुहका खड्गबहादुर विश्वकर्माले ४,५९९ र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपानेले २,९३७ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दैलेख १ र कालिकोट गरी २ क्षेत्रको मत परिणाम आइसक्दा मुगु बाहेक अरु ९ क्षेत्रमा भने मत गणना जारी रहेको छ ।
अहिले मत गणना भैइरहेकव ९ क्षेत्र मध्ये नेकपा ४, काँग्रेस २, नेकपा एमाले, रास्वपा र राप्रपा एक एक ठाउँमा अगाडी छन् ।
जुम्लामा राप्रपा, हुम्ला, डोल्पा, रुकुम पश्चिम र सल्यानमा नेकपा, सुर्खेत क्षेत्र नम्वर १ र जाजरकोटमा काँग्रेस, दैलेख क्षेत्र नम्वर २ मा एमाले र सुर्खेत क्षेत्र नम्वर २ मा रास्वपाका उम्मेदवारले लिड गरिरहेका छन् ।
राराखबर । २०८२, २३ फाल्गुन शनिबार