
सुर्खेत- देशैभरको प्रारम्भिक चुनावी परिणामले पुराना दल भनिएका नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीलगायतका दलमा आवद्ध नेता कार्यकर्ता तथा शुभेच्छुकहरु चिन्तिन र निरास भएको बताएका छन् ।
काँग्रेसका सुभचिन्तक जाजरकोटका दिपक केसीले नसोचेको परिणाम आएको भन्दै आफुहरु निकै चिन्तित र निरास भएको बताए ।
उनले भने, यस्तो परिणाम आउँछ होला भन्ने कल्पना नै गरेको थिएन । तर पनि समालिनुको विकल्प छैन ।
नेकपा एमाले सुर्खेतका नेता बालकृष्ण सुनारले यो प्रकारको परिणामको अपेक्षा आफुले नसोचेको भन्दै पुराना दलमा आवद्ध धेरै मानिसहरु निरास बनेको बताए ।
उनले भने, अहिले जुन प्रकारको परिणाम देखिएको छ । यसको गम्भिर समिक्षा गर्दै पुराना दलहरु सच्चिएर सुध्रिएर अघि बढ्नु विकल्प छैन ।
नयाँहरुले केही गर्छन कि भन्ने धेरै अपेक्षासहित यसपाली जनताले परिवर्तनको लागि मत बदलेको उनीहरुको भनाई छ ।
जनताले चाहे भने परिवर्तन सजिलै हुने भन्दै सुर्खेतकी प्रतिभा मल्लाह निरास र हतोसाहित नहुँन पुराना दलहरुलाई सुझाव दिन्छिन् ।
नयाँ भनिएकाहरुले आफ्नो एजेन्डा अनुसार काम नगरे ५ बर्षपछि फेरी पालो आउँछ । उनले भनिन, नयाँहरु देखाएको सपना यदि झुटो सावित भयो भने जनता चुप लागेर बस्दैनन् । अहिलेको परिणाम फेरी जनताले उल्ट्याउँछन् । त्यसैले पुराना दलहरु निरास हुनुपर्ने छैन ।
पार्टीसँग रुष्ट भएर नभइ नेताहरुसँग रुष्ट भएको हुँनाले जनताले नयाँ दल र नयाँ अनुहारलाई रोजेको कतिपयको दावी छ ।
उनीहरुका अनुसार तीन महिनासम्म नयाँहरुको काम हेर्ने सोचे जस्तो नभए फेरी पनि जनताहरु उनीहरु विरुद्ध खनिने छन् ।
राराखबर । २०८२, २३ फाल्गुन शनिबार