सुर्खेत- जाजरकोटमा तीन दशकपछि नेपाली काँग्रेसले प्रतिनिधि सभा सदस्यको चुनाव जितेको छ ।
काँग्रेसका खड्कबहादुर बुढाले पूर्व गृहमन्त्री तथा नेकपाका हेभिवेट उम्मेदवार शक्तिबहादुर बस्नेतलाई हराउँदै तीन दशकपछि पार्टीलाई जित दिलाएका हुन ।
काँग्रेस जाजरकोटका उप सभापति समेत रहेका बुढाले तीन पटक चुनाव जितेका बस्नेतलाई २७३५ मतान्तरले चुनाव हराएका हुन ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुढाले २०,१४२ र बस्नेतले १७,४०७ मत ल्याएका छन् ।
यस्तै नेकपा एमालेका डम्वरबहादुर सिहले १६,८८३ मत र रास्वपाका राघव कार्कीले २४७१ मत ल्याएको पनि कार्यालयले जनाएको छ ।
२०४८ र २०५१ सालमा प्रतिनिधि सभा सदस्यको चुनाव जितेको काँग्रेसले त्यसपछि भने प्रतिनिधि सभा सदस्यको चुनाव जितेको थिए ।
तत्कालिन नेकपा माओवादीसँग गठवन्धन गर्दा भने २०७९ सालमा जाजरकोटको प्रदेश सभा क र ख दुवैमा काँग्रेसले जितेको थियो ।
राराखबर । २०८२, २३ फाल्गुन शनिबार