‘सुर्खेतका आइडल युवा मोहन राना’

उनले राजनीतिमा झुकाव राख्न थालेको जन्नेबुझने भएदेखि नै हो । तर २०६२÷६३ सालको जनआन्दोलनको गहिरो छाप उनको कलिलो मस्तिष्कमा पर्यो । त्यही छापको कारण उनले आफुलाई पूर्ण रुपमा सामाजिक क्षत्रमा समर्पित गरे । उनी अर्थात खानीखोला – ६ सुर्खेतका मोहन राना अहिले सामाजिक अभियन्ताको रुपमा क्रियाशिल छन । उनकै सक्रियता र पहलमा खानीखोला गाविसमा थुप्रै सामाजिक अभियानहरु अघि वढिरहेका छन । खानीखोलाका सवै विद्यालयमा वाल क्लव गठन गरेर उनले वाल अधिकारको पैरवी गदै आएका छन ।
ग्रामिण प्रतिभाशाली युवा क्लव गठन गरी सिम्ता क्षेत्रको पुरानो कला संस्कृतिको संरक्षण र विकासमा जुटेका छन । त्यस क्षेत्रको सोटठी, सिगारु, लोकपंचेबाजा संरक्षणको लागि हरेका वर्ष दुनी मेलाको आयोजना गदै आएका छन । खेलकुदको विकासको लागि खानीखोला गाविसको सहयोगमा प्रतिभाशाली क्लवले वडास्तरीय रनिङ्गले शिल्ड प्रतियोगीता गदै आएका छन । महिलाहरुको महान चाड तीजको बेला पनि तीज विशेष कार्यक्रम उनकै सक्रियतामा हुदै आएको छ ।
उनी काँग्रेसको राजनीतिमा क्रियाशिल छन । १३ महाधिवेसनमा उनले क्षेत्र न १ को क्षेत्रीय सदस्य भएका थिए । बुवाआमा काँग्रेसप्रति आस्थावान भएकोले सानैदेखि काँग्रेस भए । उनी भन्छन –पहिला नबुझेरै काँग्रेसमा लागियो भने अहिले बुझेर लागेको छु । अहिले स्नातक तहमा अध्ययन गरिरहेका राना सानैदेखि कुनै न कुनै संघसंस्थाको नेतृत्व गदै आएका छन । विद्यालयमा पढदै गदै २०६४ सालमा नेपाल विद्यार्थी संघको जनमावि एकाई अध्यक्ष, २०६५ मा जुनयिर रेडक्रस सर्कलको अध्यक्ष, २०६६ साल जनमाविकै दश जोड दुईको एकाइ अध्यक्ष भएका थिए ।
अहिले युवामा राजनीतिमा झुकाव घटदै गएको वेला उनी भने आफनो भविस्य राजनीतिमै देखेका छन । राजनीति पेशा हैन, सेवा हो । पवित्र राजनीति गर्ने योजना छ उनले भने । राजनीति नै मुल नीति भएकोले यसवाटै सवै परिवर्तन सम्भव छन । योग्यता र क्षमता हुने युवालाई राजनीतिमा बढी सम्मान हुदो रहेछ उनले आफनो राजनीतिक यात्राको अनुभव सुनाए ।
समाज सेवावाट सुर्खेतको सिम्ता क्षेत्रको विकास गर्ने र पछि पारिएको आदिवासी, जनजाति, दलित लगायत पछिपारिएको वर्गको उत्थान गर्ने भावी योजना रानाको छ । सानै उमेरमा राजनीतिक यात्रा सुरु गरेका उनले बुवा आमावाट राम्रै सहयोग पाईरहेको उल्लेख गरे । सामाजिक सेवा गर्नको लागि आर्थिक चाहिन्छ त्यसैले निकट भविस्यमा केही व्यवसाय गर्ने मनस्थितिमा उनी पुगेका छन । सामाजिक काम गर्दा आउने प्रेरणाले आत्मवल वढने गर्छ उनले भने अग्रजवाट ठुलो सहयोग पाइरहेको छ ।
सानोमा इन्जिनियर बन्ने सपना देखेका थिए । तर ८ कक्षामा फेल भएपछि उनले त्यो सपना त्यागे । १ देखि ७ कक्षासम्म प्रथम हुदै आएको थिए ८ कक्षामा फेल हुँदा इन्जिनियर बन्ने सपना त्यागेर समाजसेवा तिर लाग्ने निर्णय गरे । यो मेरो जीवनको टनिङ्ग प्वाइन्ट हो । समाज परिवर्तनको मुल खम्वा युवा हो । त्यसैले युवाहरु नै समाज परिवर्तनको लागि अघि बढनुपर्छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया