एसओएस हर्मन माइनरले गरेको नृत्य प्रतियोगीतामा भ्याली मेरिडियन स्कूल प्रथम

सुर्खेत
३८ औं अन्तराष्ट्रिय एसओएस दिवसको अवसरमा एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले गरेको अन्तर विद्यालयस्तरीय लोक नृत्य प्रतियोगितामा भ्याली मेरिडियन स्कल प्रथम भएको छ ।
वीरेन्द्रनगर उपत्यका भित्रका २० वटा सामुदायिक र नीजि विद्यालयहरुले भाग लिएको प्रतियोगीतामा सूर्योदय इङ्गलिस स्कल दोस्रो भएको छ ।
यस्तै आर्दशराज मेमोरियल स्कुल तेस्रो र ब्राइटल्याण्ड स्कूलले सान्तोना पुरस्कार हासिल गर्न सफल भएका छन् ।


प्रतियोगीतामा भ्याली मेरिडियनले झ्याउरे, सूर्योदयले गुरुङ समुदायको घाटु, आर्दशराजले चण्डीसाकेला र ब्राइटल्याण्डले टप्पा नृत्य प्रस्तुत गरेका थिए ।
प्रतियोगीतामा प्रथम हुनेलाई १२ हजार, दितीयलाई १० हजार, तृतीयलाई ८ हजार र चौथो हुनेलाई ५ हजार नगर पुरस्कार प्रदान गरिएको एसओएस हर्मन माइनर विद्यालयका प्राचार्य हरिहर बस्नेतले बताए ।


प्रतियोगीतामा यज्ञपिस होम्स एकेडेमी, माउण्ट एभरेष्ट, हिउरिष्टीक स्कल तथा रिसर्च सेन्टर, शिव मावि लाटिकोइली, नेपाल पुलिस स्कूल, चन्द्रसूर्य एकेडेमी, कोपिला भ्याली स्कूलले भाग लिएका थिए ।
यस्तै साउथ एसियन स्कलर्स एकेडेमी, एडभान्स बेटर स्कूल, सैनिय आवासिय महाविद्यालय, सिद्धपाइल इङ्गलिस स्कूल, चिल्ड्रेन प्याराडाइज स्कूल, ग्रिनल्याड स्कूल, होराइजन एकेडेमी हरिडिलभूमि स्कूल र शिव मावि धुलियाटिले भाग लिएको एसओएस हर्मन माइनर विद्यालयले जनाएको छ ।

नृत्य निर्णायक टिमका संयोजक गंगा केसीले सबै विद्यालयको प्रस्तुति राम्रो भएपनि थोरै अंकले मात्रै नजितामा फरक भएको बताए ।
प्रतियोगीतामा केसीसहित सीता भण्डारी र यामनारायण आचार्यले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।


एसओएस बालग्राम सुर्खेतका निर्देशक गोपालप्रसाद घिमिरेले प्रतियोगीताले विद्यार्थीहरुको प्रतिभालाई प्रस्फुटन गर्न टेवा पुग्ने विस्वास व्यक्त गरे ।
उनले सबैको सह अस्थित्वलाई सम्मान गर्दै अघि बढ्ने प्रेरणा ३८ औं अन्तराष्ट्रिय एसओएस दिवसले दिने पनि उल्लेख गरे ।


कार्यक्रममा बीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाल, पूर्व मेयर देवकुमार सुवेदी, शसस्त्र प्रहरी बलका डिआइजी दुर्गाप्रसाद भट्टराई, संचार उद्यमी तथा समाजसेवी नारायण कोइरालालगायतले प्रतियोगीताले मौलिक कला संरक्षणको लागि विद्यार्थीमा जागरण पैदा गर्ने विस्वास व्यक्त गरे ।


एसओएस हर्मन माइनर विद्यालयका प्राचार्य हरिहर बस्नेतले विगतमा जस्तै यसपाली पनि ३८ औं अन्तराष्ट्रिय एसओएस दिवसको अवसरमा विद्यालयले विभिन्न कार्यक्रमहरु संचालन गरेको बताए ।

फोटोहरु एसओएस हर्मन माइनर विद्यालय सुर्खेत




फेसबुकबाट तपाईको प्रतिक्रिया