हाफ म्याराथनमा महिलातर्फ १० किमी दौडको उपाधी हर्मन माइनर स्कूलकी कार्कीलाई


सुर्खेत
राष्ट्रियस्तरको दोस्रो काँक्रेविहार हाफ म्याराथन अन्तर्गत महिला तर्फ १० किलोमिटर दौडको उपाधी एसओएस हर्मन माइनर स्कुलकी विद्यार्थी विमला कार्कीले जितेकी छन् ।
निर्धारित दुरी ४४ मिनेट १६ सेकण्डमा पार गर्दै उनले उपाधी चुम्न सफल भएकी  विधालयका प्नाचार्य हरिहर बस्नेत बताए ।
विश्व ओलम्पिक डे का अवसरमा शुक्रवार वीरेन्द्रनगरमा भएको प्रतियोगिताको संगिता बुढा दोस्रो र गिता सुवेदी तेस्रो भएकी छन् । बुढाले ४४ मिनेट ५९ सेकेण्ड र सुवेदीले ५१ मिनेट ४४ सेकेण्डमा निर्धारित दुरी पार दोस्रो र तेस्रो भएकी हुन ।
१० किलोमिटर तर्फ प्रथम भएका कार्कीले १० हजार, द्वितीय बुढाले ७ हजार र तृतीय सुवेदीले ५ हजार पुरस्कार प्राप्त गरेकी छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया