सुर्खेत- विपद जोखिम न्युनिकरण तथा व्यवस्थपन प्राधिकरणले कर्णाली प्रदेशका सुर्खेत, दैलेख र सल्यान असार १५ र १६ गते ठुलो पानी पर्ने भएकाले आवश्यक पूर्वतयारी गर्न र सावधानी अपनाउन सुझाव दिएको छ ।
ठुलो पानीले गर्दा भू क्षय हुने, नदि तथा खोलाहरुमा बाढी आउने, पहिरो जाने, डुवान पर्ने जोखिम रहेको प्राधिकरणले उल्लेख गरेको छ ।
यस अवधिमा अत्यन्त जरुरी वाहेकका यात्राहरु नगर्न, मौसम सम्वन्धी जानकारी नियमित लिन, डुवान हुन सक्ने क्षेत्रका मानिसहरुले भूँइतलामा बस्दा विशेष सावधानी अपनाउन सुझाव दिएको छ ।
यस्तै नदि किनारमा सकभर नजान, नदि किनारका निर्माण कार्य स्थगित गर्न, उच्च जोखिममा रहेका जिल्ला विपद समिति र सुरक्षा निकायले लिने निर्णयको पालन गर्न, प्रतिकार्यका लागि तीन वटै सुरक्षा निकायलाई तयारी अवस्थामा रहन पनि प्राधिकरणले निर्देशन दिएको छ ।
पूर्वतयारी, प्रतिकार्य र पूर्वकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरुले जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय तह विपद व्यवस्थापन समितिसँगको समन्वयमा अलर्ट अवस्थामा रहन पनि प्राधिकरणले सुझाव दिएको छ ।
राराखबर । २०८२, १५ असार आईतवार