
टुकमाया घर्ती
जाजरकोट
स्थानिय सामग्रीकाे प्रयोग गरेर बालबालिका पढाइमा निकै सुधार भएको छ । सुर्याेदय माध्यमिक विद्यालय कैनामा स्थानिय सामृगीकाे सदुपयाेग गरेर अभ्यासलाई निरन्तरता दिइन्छ। विज्ञान विषयमा जीव काेष र वनस्पति काेषकाे चित्र बनाउन गेडागुडी ,अन्नका दाना सामान प्रयोग गरिसकिएको गथ्थालाई पुन :प्रयोग गरिएको ८कक्षामा अध्ययनरत मान्डवी बुढा बताउँछिन् ।
हामीलाई सबै बिषयमा गुरु ,गुरुआमाले निकै मेहनत गरेर पढाउनुहुन्छ। साेही विद्यालयमा अध्ययन गरिरहेका प्राजेश वली बताउछन्।जिल्लाभित्र वा नगरपालिकाकाे विद्यालयस्तरिय प्रतियोगिता सहभागी रहेर पनि स्थान ल्याउन सफल रहेकाे छ । सुर्याेदय माध्यमिक विद्यालय कैनामा विज्ञान विषयमा ल्याप नभएकोले समस्या रहेकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्व बहादुर पुन बताउँछन् ।
बाल कक्षादेखि १०सम्ममा ३०६ जना विद्यार्थीहरु अधययरत छन्।यहाँ अधिकाश विद्यार्थी जनजाति समुदायका रहेका छन्। नलगाड नगरपालिकाभित्र उत्कृष्ट विद्यालयमा सुर्याेदय पनि परेकाे हाे।
अभिभावक ,जनप्रतिनिधि ,शिक्षक ,शिक्षिका,कर्मचारी सबैकाे अथाह मेहनतले याे अवस्थामा यस बिद्यालयका प्रधानाध्यापक नर बहादुर शाही बताउँछन् ।विगत १८वर्ष देखि यस विद्यालयमा अध्यापन गराइरहेका उनी यहाकाँ स्थानिय भने हाेइन्।
बारेकाेट ७सुवाकाेट जन्मेका उनी जागिर खान यहाँ आएका हुन्।उनी यस विद्यालयका पुराना र पाका शिक्षक पनि हुन्। यस विद्यालयमा विज्ञानप्रयोगशाला ,प्रयाप्त कक्षाकाेठाकाे ,स्यानेटरी प्याड नभएको बताउछन् ।
स्यानेटरी प्याडकाे दिर्घकालिन समस्याकाे समाधान गर्न हातबाट बनेकाे घरेलु प्याड निर्माण गरेर प्रयोगमा ल्याउने सकिने विद्यालय त्यस व्यवस्थापन समितिकी सदस्य प्रेमकला पुन बताउँछिन् ।सस्तो र भरपर्दाे भएकोले यसैमा जाेड दिने पुन बताउँछिन् ।
समस्याकाे पहिचान गरि दिर्घकालिन रुपमा समाधान खाेजिने गरिन्छ । समुदायमा आधारित समस्यालाई अभिभावक समिति ,विद्यालय व्यवस्थापन समिति सबैकाे सहयाेग भएकोले याे विद्यालय नमुना विद्यालय अन्तर्गतका विद्यालयमा परेकाे हाे ।
राराखबर । २०८२, १३ असार शुक्रबार