सरकार बिचौलियाको चंगुलमा फसेको निश्कर्ष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटीको पहिलो बैठक बसेको छ । शनिबार बसेकाे बैठकले प्रदेश सरकारका कामहरु प्रभावकारी नभएको र बजेट विनियोजनमा सरकार बिचौलियाको चंगुलमा फसेको निश्कर्ष निकालेको छ। नेकपा प्रदेश कमिटी सदस्य कुर्मराज शाहीले भने, ‘सरकारले जनअपेक्षा सम्बोधन गर्ने गरी काम गर्न सकेन भन्ने बिषयमा बैठकले समीक्षा गरेको छ।’

बैठकमा बोल्ने अधिकांश सदस्यले संसदीय दलको नेता चयन गर्न प्रदेश कमिटीको ध्यानाकर्षण गराएका छन् । संसदीय दलको नेतामा अन्य सदस्यले दाबी गरेपनि अबको ढेड बर्षसम्म महेन्द्रबहादुर शाहीलाई नै संसदीय दलको नेता बन्ने भएका छन् ।

बैठकमा स्थानीय तहका कमिटी र जिल्ला स्तरका कमिटी बनाउन सदस्यहरुले दबाव दिएका छन् । बैठकमा भाग लिने अधिकांश सदस्यहरुले स्थानीय कमिटी र जिल्ला कमिटीको पूर्णताबिना थालिने अभियानले पार्टी एकताको सन्देश दिन नसक्ने धारणा राखेका थिए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया