करुवा र पारीकरुवा विद्यालयका सय जना विद्यार्थीलाई न्यानो कपडा

विष्णु रावल, जाजरकोट
भुकम्प प्रभावित नलगाड नगरपालिका ३ का दुई वटा विद्यालयका सय जना विद्यार्थीलाई न्यानो कपडा सहयोग गरिएको छ ।
काठमाडौमा बस्दै आउनु भएका नलगाड ४ लहँका समाजसेवी भुपेन्द्र ओली र सिटीजन बैंक कपिलबस्तुमा कार्यरत सन्तोष गौतमले करुनोदय प्राथमिक विद्यालय करुवा र नमुना प्राथमिक विद्यालय पारीकरुवाका विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेका हुन ।


यस्तै केही कपडाहरु प्रदेश सभा सदस्य राजिवबिक्रम शाहले उपलव्ध गराएका थिए । बीबीसीमा कार्यरत पत्रकार प्रकाश पन्तले विद्यार्थीको लागि न्यानो कपडाको लागि पहल गरेका थिए ।
कपडाको लागि पहल र समन्वय गरेका समाजसेवी प्रेम थापा र पवनराज थापाले उक्त कपडाहरु गत शुक्रवार  विद्यालयमै पुगेर विद्यार्थीलाई हस्तान्तरण गरेका थिए ।


उनीहरुले संकटको वेला साथ र सहयोग गर्ने सहयोगीदाताहरु र पहलकर्ता सामाजिक अभियन्ता पन्तप्रति आभार व्यक्त गरे । सहयोग सामाग्रीले विद्यार्थीलाई पढ्नको लागि उत्साह थप्ने विस्वास करुनोदय प्राविका प्रधानाध्यापक चन्द्र थापाले बताए ।
कार्यक्रममा समाजसेवी प्रेम थापाले आफ्ना बालबालिकालाई पढने वतावरण सृजना गर्न अभिभावकलाई आग्रह गरे । समाजसेवी पवनराज थापाले आफ्नो गाउँको विद्यालयमा अध्ययनरत बालबालिकाको लागि न्यानो कपडा व्यवस्था गर्न पाउँदा खुशी लागेको बताए ।


यस्तै नमुना प्राथमिक विद्यालय पारीकरुवाकी प्रधानाध्यापक लक्ष्मी थापाले सहयोगदाता र पहलकर्ता सवैलाई धन्यवाद दिएकी छन् । कार्यक्रममा समाजसेवी प्रेमकला रानालगायत विद्यार्थी अभिभावकलगायतका सहभागीता रहेको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया