
तालिमका सहभागी जाजरकोटका धर्मराज राना र गणेश थापा एक अर्कोलाई प्रमाण पत्र प्रदान गर्दै
सुर्खेत
मौरीपालक किसानहरुले आफ्नो व्यवसायमा विभिन्न खालको समस्या रहेको गुनासो गरेका छन् ।
मौरीपालन व्यवसायलाई नयाँ किसिमबाट अघि ज्ञान, सीप र क्षमता अभिबृद्धि गर्ने उद्देश्यले गरिएको तालिमका सहभागीले यस्तो गुनासो गरेका हुन ।
उनीहरुले ढुवानीको समस्या, खाली घारको समस्या, प्रशोधनजस्ता समस्याहरु रहेको बताए ।
गुणस्तर परीक्षण बिनै बजारमा आएका महले गर्दा स्थानीय मह व्यवसाय धरापमा पर्न सक्ने उनीहरुले बताए ।

नेपाल मौरीपालक संघ कर्णाली प्रदेशका अध्यक्ष लिलाराम ढकाल
कार्यक्रममा मौरीपालक महासंघ कर्णाली प्रदेशका अध्यक्ष लिलाराम ढकालले कर्णालीको मौरीपालन व्यवसायलाई नयाँ तरिकाले अघि बढाउन संघ लागि परेको बताए ।
मौरीपालन सम्बन्धित व्यावसायिक ज्ञान, उद्यमशीलता विकास, मौरी चरन व्यवस्थापन, मौरीमा लाग्ने रोगको पहिचान तथा उपचार, कृतिम रानी उत्पादनदेखि मौरी विष संकलन र मौरी थेरापी बारेमा सिकाएको छ ।

तालिमका सहभागीहरु
हेल्भेटासको इन–इलम परियोजनाको सहयोगमा नेपाल मौरीपालक महासंघ कर्णाली प्रदेशले गरेको तालिममा दैलेख, सुर्खेत र जाजरकोटका ३२ जना मौरीपालक किसानहरू सहभागी थिए ।
हेल्भेटास इन–इलम परियोजनाका कार्यक्रम संयोजक टेकबहादुर सिंहले मौरीपालनमा व्यवसायिक सोच भएका व्यक्तिहरूलाई लगानीका साथै ज्ञान सीप र क्षमतामा सहयोग गर्ने बताए ।
राराखबर । २०८२, १२ श्रावण सोमबार