सुर्खेत, १९ भदौ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफनो पहिलो दीक्षान्त समारोह काठमाडौमा गर्न लागेको भन्दै सुर्खेतका प्रमुख दलहरुले असहमति जनाएका छन ।
नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगागतका प्रमुख दलहरुले काठमाडौमा भन्दै सुर्खेतमै दीक्षान्त समारोह गरेको भए राम्रो हुने प्रतिक्रिया दिएका छन ।
उनीहरुले सिनेट सभा जस्तै पहिलो दीक्षान्त समारोह पनि सुर्खेतमा हुनु पर्नेमा जोड दिदै काठमाडौमा गर्दा जनतामा राम्रो सन्देश नजाने उल्लेख समेत गरेका छन ।
प्रमुख दलहरुले विश्वविद्यालयको पहिलो दिक्षान्त समारोह सुर्खेतमै गरेको भए जनतामा राम्रो सन्देश जानेमा जोड दिएका छन ।
नेपाली काँग्रेसका सभापति कमलराज रेग्मीले विश्वविद्यालयको पहिलो दिक्षान्त समारोह काठमाडौमा गर्नु भन्दा सुर्खेतमै गरेको भए राम्रो सन्देश जाने बताउनु भयो ।
उहाँले हिजोका दिनमा सिनेट वैठक सुर्खेतमै गर्न सफल भएको भन्नेहरुले अहिले दीक्षान्त समारोह काठमाडौमा गर्नु सुर्खेती जनताप्रतिको अपमान भएको बताउनु भयो ।
उहाँले काठमाडौमा दीक्षान्त समारोह गर्नु भन्द सुर्खेतमै झमकुमारी घिमिरेलाई ल्याएर मानार्थ विद्यावारीधीको उपाधी दिएको भए अझ विश्वविदालयको गैरव र विश्वसनिया वढेर जाने दावी गर्नुभयो ।
नेकपा एमालेका अध्यक्ष धुव्रकुमार शाहीले पनि सुर्खेतमै दीक्षान्त समारोह गरेको भए जनतामा राम्रो सन्देश जाने वताउनु भयो ।
विश्वविद्यालयको केन्द्रीय कार्यालय जहाँ छ त्यही दीक्षान्त समारोह गर्नु पर्नेमा जोड दिदै उहाँले काठमाडौमा गर्दा गलत परम्पराको थालनी हुने दावी गनुृभयो ।
दीक्षान्त समारोह काठमाडौ गर्ने कुरा कसरी भयो यसवारेमा आफुहरुलाई केही जानकारी नभएको समेत उहाँले उललेख गर्नुभयो ।
यस्तै नेकपा माओवादी केन्द्र सुर्खेतका नेता जीतबहादुर रानाले विश्वविद्यालयको दीक्षान्त समारोह काठमाडौमा भन्दा सुर्खेतमै गर्नु पर्नेमा जोड दिनुभयो ।
काठमाडौमा दीक्षान्त समारोह गर्दा वाहिर राम्रो सन्देश नजाने भन्दै उहाँले काठमाडौमा दिक्षान्त समारोह गर्ने वारे आफुलाई कुनै जानकारी नभएको उल्लेख गर्नुभयो ।
यता मध्यपश्चिमाञ्चल विश्वविद्यालयले भने साहित्यकार झमककुमारी घिमिरेलाई विद्यावारीधीको उपाधी दिने उदेश्यले भोली काठमाडौमा पहिलो दीक्षान्त समारोह गर्न लागेको जनाएको छ ।
विश्वविद्यालयका सुचना अधिकारी विष्णुकुमार खड्काले राष्ट्रपति र प्रधानमन्त्रीको समय नमिलेको र घिमिरेलाई पनि सुर्खेतमा ल्याउन कठिन भएकोले काठमाडौमा गर्नै लागिएको जानकारी दिनुभयो ।
दीक्षानत समारोह राष्टपतिको प्रमुख आतिथ्यता र प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपतिको अध्यक्षतामा हुने वताएको छ ।
आगामी चैत्र मसान्तभित्रै विदार्थीको लागि भने सर्खेतमै दीक्षान्त समारोह हुने जानकारी सुचना अधिकारी खड्काले दिनुभयो ।
राराखबर । २०७३, १९ भाद्र आईतवार