सुर्खेत
सुर्खेतको वीरेन्द्रनगरमा रहेको हरिलाल हरिकला स्मृति कोषले जाजरकोटका एक जना अपागता भएका व्यक्तिलाई ह्वील चेयर सहयोग गरेको छ ।
६ बर्षअघि लडेर हिडडुल गर्न नसक्ने अवस्थामा रहेका नलगाड नगरपालिका– ३, करुवाका सतिस थापालाई ह्वीलचेयर सहयोग गरिएको हो ।
स्मृतिकोषका संस्थापक हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. रुपक कडेलले समाजसेवी भीम बुढालाई ह्वील चेयर हस्तान्तरण गरेका थिए ।
ह्वील चेयर प्राप्त भएपछि दैनिक जीवनयापनमा ठूलो सहजता पुग्ने विस्वास गरिएको छ ।
ह्वील चेयर पाएपछि खुशी हुँदै थापाले भने, म धेरै खुसी छु । अब मलाई यताउता गर्न धेरै सजिलो हुनेछ । सहयोगी मनप्रति हृदयदेखि नै आभार व्यक्त गर्दछु ।
करुवा निवासी समाजसेवी अनिल थापाको आग्रह, सुर्खेतमा रहेका समाजसेवी प्रकाश पन्त, गगन रानाको पहल र समाजसेवी भीम बुढा र प्रेम थापको समन्वयमा ह्वीलचेयर प्रदान गरिएको हो ।
आफ्ना बाजेबज्यैको सम्झनामा स्थापना गरिएको कोषले शिक्षा, स्वास्थ्य, सामाजिक र साँस्कृति काममा सहयोग गर्दै आएको डा. कडेलले बताए ।
ह्वील चेयर प्रदान गर्दै डा. कडेलले भने, हाम्रो सानो सहयोगले कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ । आगामी दिनमा पनि यस्ता सहयोग गर्नेछौ ।
आगामी दिनमा कोषमार्फत समाज सेवाका थुपै कामहरुलाई अघि बढाउने योजना रहेको डा. कडेलले बताए ।
स्मृति कोषले शिक्षातर्फ विपन्न वाललालिकालाई पढन र विधालय निर्माणमा, स्वास्थ्यतर्फ गरिवलाई निशुल्क उपचार र स्वास्थ्य शिविर, समाजिक कार्यतर्फ अपागता भएका व्यक्ति र जेष्ठ नागरिकलाई सहयोग गदै आइरहेको छ ।
कर्णाली केयर अस्पतालमा कार्यरत हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. कडेलले खेलाडीहरुलाई पोशाक, खेलकुद सामाग्री, आर्थिक अवस्था कमजोर भएकाहरुको निशुल्क उपचार, दुर्गम ठाउँमा निशुल्क स्वास्थ्य शिविर, दुर्गमका विधालयमा पुगेर विधार्थीलाई न्यानो कपडा र विधालय पोशाक वितरणजस्ता थुपै सामाजिक कामहरु गर्दै आइरहेका छन् ।
विगतजस्तै आगामी दिनहरुमा पनि कोषलाई व्यापक बनाएर अन्य थुपै सामाजिक कामहरु गर्ने योजना रहेको उनले सुनाए ।
राराखबर । २०८२, १९ बैशाख शुक्रबार