बद्री पन्त
जाजरकोट १३, पुस
एउटा सामान्य पुन निर्माण गर्न कति समय लाग्छ, जो कोहीको सहजै उत्तर आउछ, एक बर्ष दुई बर्ष तर जाजरकोटको पश्चिम मोर्क खोला सडक पुल निर्माण शुरु भएको पाँच बर्ष वित्यो । तर पुल निर्माण हुन सकेको छैन । जाजरकोट –जुम्ला सडकको छेडा कचाली खण्डको मोर्क खोलामा बन्ने मोटर पुलको यस्तो दशा भएको हो ।
निर्माण व्यवसायीको चरम लापरबाहीका कारण पुलको निर्माण अलपत्र परेको हो । सम्बन्धित ब्यबशायीको लापरवाहीले १५ महिनामा निर्माण सम्पन्न गर्नु पर्ने उक्त पुलको ५ बर्ष वित्दा जग मात्र ठडीएका छन ।
पुल निर्माणको जिम्मा सर्व उद्र्धार प्रmेन्डस जे,भी कोटेश्वर काठमाण्डौंको फर्मबाट जाजरकोट सुवानाउलीका कर्ण बहादुर खड्काले निर्माण कामको जिम्मा लिएका थिए । १५ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०६९ मा ठेक्का सम्भmौता भएको पुलको ठेकेदारले समय काम नगर्दा निर्माण अलपत्र परेको छ । तीन पटक म्याद थप गर्दा पनि काम पुरा हुन सकेको छैन् । समयमा निर्माणको काम अगाडि नबढ्दा यातायात सन्चालनमा समस्या हुने गरेको छ । पुल निर्माण नहुदा स्थानीय बासिन्दालाई समस्या भएको छ । स्थानीय खोलामा जोखिम मोलेर वारपार गर्ने गरेका छन । महिला, बालबालिका, बृद्धबृद्धा, अपाङ्गलाई खोला तर्न समस्या हुने गरेको छ । साना बालबालिकालाई विद्यालय जानाआउन समस्या छ ।
जिल्लाको पश्चिम सीमा, जुँगाथापाचौर, साल्मा, दशेरा, मजकोट, दह, गर्खाकोट, पजारु, झाप्रा, टालेगाउँ, पैक लगाएत १५ गाविस, जुम्ला तथा उत्तरी बारेकोटका बासिन्दालाई समस्या भएको छ । स्थानीयले निर्माण व्यवसायीलाई कडा कारबाहिको माग गरेका छन । खोलामा पानी बढेको छ । खोलाले बगाएर कतीको ज्यान समेत गइ सकेको छ । सामान खोलामा वगेर जाने गरेको छ । दैनिक उपभोग्य सामान तथा निर्माण सामग्री ढुवानीमा बाधा पुगेको छ । बालुवाबजारको यायायात बन्द भएको छ । यातायातका साधन मोर्क बजारमै थन्कीएका छन । यायायात व्यवसायी मर्कामा परेका छन ।
निर्माण जिम्मा लिएको ठेकेदारले काम नगरेर दोस्रो व्यक्तिलाई कामको जिम्मा लगाउदा निर्माणको काम अलपत्र परेको जिविसले जनाएको छ । व्यवसायीले तोकेको समयमा पुल नबनाउदा यस क्षेत्रका बासिन्दालाई आवतजावतमा समस्या हुनुको साथै अन्य विकास निर्माणमा पनि बाधा पुगेको छ ।
त्यस क्षेत्रको सडक यातायात मोर्क बजारमै रोकिएको छ । पुल नबन्दा थलहबजार सम्मको २५ कीलोमीटर सडकमा यातायात सुचारु हुन सकेको छैन । सडक बने पनि यातायातको सुविधा नहुदा स्थानीयलाई आवताजावतमा सास्ती हुने गरेको छ । पटक पटक ताकेता गर्दा पनि निर्माण कार्यले गति लिन सकेको छैन । छिटो निर्माण तर्फ ब्यवशायीको ध्यानै छैन । यो पुल स्थानीय सडक पुल आयोजनाद्वारा १ करोड ४३ लाख लागतमा निर्माण हुन थालेको थियो । पुलको निर्माणका लागि हालसम्म ५० लाख बढी पेश्की खर्च भैसकेको छ । २५ मीटर लम्बाई र ४ मीटर चौडाई भएको पुलको लागि पेश्की रकम बराबरको काम समेत हुन सकेको छैन । ब्यवशायीले प्रतिश्पर्धामा कामको जिम्मेवारी लिने अनि काम सम्पन्न तर्फ वेवास्ता गर्ने प्रचलनले समस्या भएको स्थानीय खड्क बिसीले बताए ।
राराखबर । २०७३, १३ पुष बुधबार