मध्यपहाडी लोकमार्ग अधुरै

बद्री पन्त
जाजरकोट १३, पुस
मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डको ट्रयाक खोल्ने कार्य पुरा हुन सकेको छैन । निर्माण शुरु भएको ७ बर्ष वित्दा पनि सम्बन्धित पक्षको लापरबाहीले उक्त खण्डको ट्रयाक खोल्ने कार्य पुरा हुन नसकेको हो ।
एकैसाथ निर्माण शुरु भएका लोकमार्गको रुकुम र दैलेख खण्डमा भने २ बर्ष अघिदेखि यातायात सेवा संचालनमा आएको छ । तर लोकमार्गको जाजरकोट खण्ड सडक आयोजना र निर्माण कम्पनीको लापरबाहीले अलपत्र परेको छ । ठेक्का सम्झौता भएको मितिले २ बर्षमै निर्माण सम्पन्न गर्नुपर्ने सडकको ट्रयाक खोल्ने कार्य ७ बर्ष वित्दा समेत अधुरै छ । लोक मार्गको जाजरकोट खण्डको निर्माणको जिम्मा लिएका आधा दर्जन कम्पनीको लापरबाहीले लोकमार्गको दर्जन स्थानमा कार्य नगरेरै अलपत्र पारेका छन् ।  IMG_5811
कुदुदेखि दैलेखको सुया“डा सम्मको ८२ किलोमीटर जाजरकोट खण्ड अन्र्तगत कार्कीगाउ र झाप्राको सिमानामा रहेको मन्ताभीर, कालढुंगा थलहबजार, दशेरा २ को चुवादेउली भीर, दशेराको फाल्मा र साल्मा विचको भुसखोला लगाएत स्थानमा निर्माण कार्य अलपत्र परेको छ । कार्कीगाउ र झाप्राको विच सिमानामा रहेको मन्ताभीर, थलहगार पुल, भेरी पुल, बंग्रेखोला पुल र झुप्राखोला पुलले सडक खण्ड निर्माण सम्पन्नलाई थप अधुुरो बनाएको छ । १ किलोमीटर दुरीको मन्ताभीर र थलहगारको पुल निर्माण कार्य शुरु समेत भएको छैन । तर मध्यपहाडी लोकमार्ग पश्चिम खण्ड आयोजना दाङ्गले भने अधुरो सडक खण्डको ट्रयाक खोल्ने कार्य पुरा भैसकेको प्रतिवेदन १ बर्ष अघि नै सडक विभागमा बुझाएको पाइएको छ । कार्य सम्पन्न भएको प्रतिवेदन सडक विभागमा बुझाएको जानकारी पाएपछि यहा“का बासिन्दा आक्रोसित बनेका छन् । स्थानीय बासिन्दाले लोक मार्गको जाजरकोट खण्ड छिटो भन्दा छिटो निर्माण सम्पन्न गरेर यातायात सुचारु गर्न माग समेत गरेका छन् । लोकमार्गको जाजरकोट खण्ड निर्माण लापरबाही भएको नागरिक अगुवा केशब जंग शाहले बताए । “एकैसाथ शुरु भएको दैलेख र रुकुम खण्डमा भने यातायात सुचारु छ, जाजरकोटमा भने निर्माण नै अधुरो छ । कस्को लापरबाही हो ? सरोकारवाला सबैको ध्यान जाओस्,” शाहले भने । IMG_6286
मन्ताभीर खण्डको निर्माण जिम्मा लिएकोे दिब्यज्योति निर्माण सेवाले कडा चट्टान भन्दै निर्माण पुरा गर्न नसकेको डिभीजन ईन्जिनियर नारायण प्रसाद निउरेले बताए । त्यस्तै धनन्जय÷सिद्धार्थ जेभीले पनि का“डा – झाप्रा खण्डको  निर्माण पुरा गर्न नसकेको डिभीजन ईन्जिनियर निउरेले बताए । ‘कार्तिक मसान्तसम्म कार्य सम्पन्न गर्नु पर्ने गरी म्याद थप भएको थियो,’ निउरेले भने । सडक निर्माण शुरु ठेक्काका तत्कालिन ब्यबशायीले कार्य पुरा नगरेरै भुक्तानी लिंदा हाल उक्त भीर क्रोनिङ्ग बनेको उनले बताए । “कार्कीगाउ र झाप्राको विचको मन्ताभीर समेतको २ हजार ९ मीटर ट्रयाक ओपन गर्ने गरी शुरु बर्ष नै ठेक्का भएकोमा सम्बन्धित पक्षको मिलोमितोमा २ हजार ४ मीटर मात्र खनेर पुरै कार्य भुक्तानी भएछ । बा“की ५ सय मीटर कडा चट्टान छुने कार्य समेत भएनछ । पुनः ठेक्का भएको उक्त अहिले भीर क्रोनिङ्ग बन्यो,”  उनले भने । IMG_6301
मन्ताभीरको काट्न ब्यबशायी तयार नभएको निउरेले बताए । ‘जसरी पनि सम्झौता म्याद भित्र कार्य पुरा गर्नै पर्छ । आगामी पुससम्म कार्य पुरा नगरे ब्यबशायीको ठेक्का तोड्ने र फर्मलाई कालो सुचीमा राख्ने निर्णय भएको छ,’ । अबको ५÷७ दिनमै मन्ताभीरको चट्टान काट्न मेशीन जादैछ,’ उनले भने । “विगत ४÷५ बर्ष देखि अलपत्र परेको कामलाई सुचारु गर्न कम चुनौती थिएन । ब्यवशायीले ठेक्का होल्ड गरी मात्र बसेका थिए । सडकमा निर्माण कार्य सुनसान नै थियो,” उनले भने । पछिल्लो समय उक्त कार्यलाई गति दिएको ईन्जिनियर निउरेले बताए । कति ब्यवशायीलाई कालोसुचीमा राखेर कारबाही गरेको उनले बताए । जाजरकोट खण्डमा २ किलोमीटर मात्र ट्रयाक ओपन गर्न बा“की रहेको उनले बताए । बा“की रहेको कार्य आगामी पुससम्म सम्पन्न नगर्ने ब्यबशायीको ठेक्का तोड्ने र कालोसुचीमा राख्ने निउरेले बताए ।
सडक निर्माण रोकिएपछि दुई बर्ष भित्रै यातायात संचालन गर्ने सरकारी लक्ष्य पनि अलपत्र परेकोे निउरेले बताए । कतिपय ब्यबशायीले अर्काको फर्मबाट काम लिने र कार्य शुरु गर्ने, पेश्की लिने, अनि काम पुरा नगरेरै अलपत्र छाडेर भाग्ने गर्दा समस्या भएको निउरेको भनाई छ । “सम्झौता गरे पश्चात १५ महिनाको म्याद हुन्छ । उक्त म्यादमा कसैले कार्य पुरा गर्दैनm । त्यस्ता कम्पनीलाई कालो सुचीमा राख्ने बाहेकको कारबाही गर्न सकिदैन । सबै ब्यबशायीस“ग राजनितिक पहु“च हुन्छ । कसले उनीहरुलाई कारबाही गर्ने ?,” उनले भने ।
जाजरकोट भुभागको सडक निर्माणमा डेड्दर्जन कम्पनीको संग्लग्नता रहेको थियो । जस् मध्ये आधा दर्जन कम्पनीले तोकेको समयमा कार्य नगर्दा लोकमार्ग अलपत्र परेको हो । समयमा निर्माण कार्य पुरा नहु“दा निर्माण भएको सडक पनि जीर्ण हुन थालेको डिभीजन ईन्जिनियर निउरेले बताए । आयोजनाले जाजरकोट खण्डको निर्माणमा १ अरब बढी खर्च गरेको छ । तर लोकमार्गको ट्रयाक खोल्ने कार्य समेत पुरा हुन नसकेको नेपाली का“ग्रेसका सभापति दीपक जंग शाहले बताए । ‘ग्याभीङ्ग, वाल, नाली, वाईडीङ्ग, पुल निर्माण लगाएत कार्य झन कहिले होलान् । यो चरम लापरबाही हो । राष्ट्रिय महत्वको मार्ग निर्माणमा लापरबाही गर्ने ब्यबशायी तथा सम्बन्धित निकायलाई कारबाहीको दायरामा ल्याउनु पर्छ,’ सभापति शाहले भने । बर्षौं वित्दा पनि सडक निर्माणमा सडक विभाग लगाएत निकायले ताकेता नगरेको पाईएको शाहले बताए । लोक मार्ग निर्माणमा भएको ढिलाई प्रति जिल्ला बासी आक्रोसित बनेको शाहले बताए । पा“चथरको चियोभञ्ज्या“ङ्ग देखि बैतडीको जुलाघाट पुग्ने १ हजार ६ सय ६५ किलोमीटरको लोक मार्गको जाजरकोट खण्डले यहा“का २ दर्जन गाविस र सदरमुकाम खलंगालाई छुन समेत सकेको छैन ।




फेसबुकबाट तपाईको प्रतिक्रिया