जाजरकोटमा लागूऔषध अफिम सहित २ जना पक्राउ

जाजरकोट २, साउन
जाजरकोट प्रहरीले लागु औषध अफिम सहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको नायकवाडा ६ का निमबहादुर सिंह र नायकवाडा ८ का कुशबहादुर महतारालाई प्रहरीले प्रक्राउ गरेको छ ।
प्रहरीले विशेष सुराकीका आधारमा चेकजाँच गर्दा उनीहरुको साथबाट १ किलो ४ सय ग्राम अफिम बरामद गरेको डिएसपी दानबहादुर मल्लले बताउनु भयो ।
उनीहरुमाथी थप अनुसन्धान कार्य भैरहेको उहाँले जानकारी दिनुभयो ।

यता सदरमुकामे खलंगाको पिपलडाँडा र तल्लो थाप्लेमा खानेपानीको समस्या भएको छ ।
बुदबुदी मुहानबाट आपुर्ती हुदै आएको पानी बाढी पहिरो र खोलाले पाईप बगाएपछि खानेपानीको समस्या भएको तल्लो थाप्ले खानेपानी उपभोक्ता समितिका अध्यक्ष लिलाबहादुर शाहले बताउनुभयो ।
पानीको समस्या परेपछि जिल्ला अस्पताल, महिला छात्राबास, उच्च माध्यमिक विद्यालय, क्याम्पस लगायत उपभोक्ताहरु मर्कामा परेका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया