सुर्खेत, १८ पुष ।
कर्णाली प्रदेश प्रहरीको ‘कारागारका लागि किताव’ अभियानलाई लेखक सुशिलराज शर्माले आफ्ना कृतिहरु दिएर सहयोग गरेका छन ।
मंगलबार ‘कारागारकालागि किताव’ अभियानका अभियान्ता डिआईजि महेश बिक्रम शाहीलाई लेखक शर्माले किताव हस्तान्तरण गरे । उनले ‘नपुरिने घाउँहरु’ र ‘सुर्खेतको इतिवृत्त’ १९ थान किताव सहयोग गरेका हुन् । ‘नपुरिने घाउँहरु’मा तत्कालिन द्वन्द्वका समयमा भएका घटनाहरुको साहित्यिक अभिलेख छ भने ‘सुर्खेतको इतिवृत्त’मा सुर्खेत जिल्लाको धार्मिक एतिहासिक पुरातात्विक र पर्यटकिय क्षेत्रको वारेमा लेखिएको छ ।
यो किताव नेपाली र अंग्रेजी दुई भाषामा छ । काँक्रेविहार दैनिकका सम्पादक समेत रहेका शर्माले ‘कारागारका लागि किताव’ अभियानलाई थप सहयोग गर्ने प्रतिवद्वता गरे । सो अवसरमा शाहले अभियानकालागि सहयोग जुट्दै गरेको भन्दै आफुलाई उत्साहका साथ काम गर्न प्रेरणा मिलेको बताए ।
सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कलेन्द्र सेजुवाल, बिबिसी नेपाली सेवाका सम्वाददाता प्रकाश पन्त, नागरिक दैनिकका कर्णाली ब्युरो प्रमुख नगेन्द्र उपाध्याय, एसएसपि मोहन आचार्यले कारागार किताव अभियानको बारेमा छलफल गरेका थिए ।
शर्माको ‘अनुपमा’ उपन्यास प्रकाशनन्मुख रहेको छ । शर्मा गित, कविता, गजलमा समेत कलम चलाउछन् ।
राराखबर । २०७५, १८ पुष बुधबार